• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

खुलासा- यस्तो छ सुन तस्करीमा महराको संलग्‍नताको नालीबेली


    Avatar photo
सोमबार, चैत ०५, २०८० मा प्रकाशित

काठमाडौं– १० पुस ०७९ मा फ्लाई दुबईको विमानबाट चुरोटको साटो प्रयोग हुने भेप त्रिभुवन विमानस्थलमा उतारिन्छ। भन्सार जाँचपास नभई उक्त भेप विमानस्थल भन्सारमा केही दिनदेखि रोकिएको हुन्छ। सीधै विमानस्थलको यात्री शाखाबाट उक्त सुटकेस बाहिर ल्याउने प्रयास असफल हुन्छ। कारण- भन्सार कर्मचारीले त्यो व्यापारिक सामान भएको बताउँदै भन्सार महशुल तिरेर मात्र लैजान पाउने बताउँदै कार्गो भवनतिर पठाइदिन्छन्।

Advertisement

जाँचपास नहुन्जेलका लागि उक्त भेपलाई विमानस्थल भन्सारको एउटा कुनामा थुपारिन्छ। सोही क्रममा भन्सारका सुरक्षा गार्ड निर्मलकुमार विकको लोभी नजर उक्त भेपमा पर्छ। विकले एउटा भेप निकालेर खल्तीमा हाल्छन्। र, घर लगेर सेवन गर्ने प्रयास गर्छन्। तर, भेपबाट धुवाँ निस्किँदैन।

त्यसपछि भेपको ब्याट्री सकिएको आशंका उनलाई हुन्छ। र, खोलेर ब्याट्री फेर्ने कोशिस गर्छन्। तर, भेप खोलेर हेर्दा त्यसमा सुन भेट्छन्। र, उक्त भेपमा सुन रहेको जानकारी विकले भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्कालाई दिन्छन्। तर, खड्काले सुरक्षा गार्ड विकको भनाइलाई खासै गम्भीरतापूर्वक लिँदैनन्।

तर, खड्का पनि कतै अरू भेपमा पनि सुन त छैन भनेर लोभिन्छन्। भेप रहेको सुटकेस सीसीक्यामेरा नरहेको इलाकामा पुर्‍याउँछन्। सुटकेस खोलेर हेर्दा सबै भेपमा सुन रहेको पत्ता लगाउँछन्। त्यसपछि सधैं रात्रिकालीन मस्तीमा सहभागी रहने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-६ घर भएका भन्सार एजेन्ट दिनेश बस्‍नेतलाई आफूसँग सुनै सुन रहेको भेपको सुटकेस रहेको बताउँछन्।

त्यसपछि नासु खड्का र भन्सार एजेन्ट बस्‍नेत मिलेर उक्त सुटकेस भन्सार परिसर बाहिर निकाल्छन्। र, त्यसको साटोमा त्यति नै परिमाण नयाँ भेप राखेर उक्त सुटकेस फेरि पहिले राखिएकै ठाउँमा छाडिदिन्छन्। भेपबाट धमाधम सुन निकालेर उनीहरूले सुनसरी धरान-२ घर भई काठमाडौं न्युरोडमा घडी पसल सञ्‍चालन गर्दै आएका वेदप्रकाश अग्रवाललाई बिक्री गर्छन्। अग्रवालले भारतको महाराष्‍ट्र घर भएका व्यापारी साहेब राव पाण्डुरङ मरगलेलाई उक्त सुन जिम्मा लगाउँछन्।

यसबीचमा नासु खड्का र सुरक्षा गार्ड विकबाहेक भन्सारका कसैलाई भेपमा सुन रहेको सुइँकोसम्म हुँदैन। त्यहीबीचमा माओवादी नेता तथा पूर्व सभामुख कृष्‍णबहादुर महरा र उनका छोरा राहुलले भेपको भन्सार जाँचपास तत्काल गरिदिन भन्सार अधिकारीहरूलाई भेटेरै तथा फोनमार्फत दबाब तीव्र बनाउँछन्।

त्यति सानो परिमाणको भेप छुटाउन महरा बाबु-छोराले किन त्यति तीव्र दबाब दिइरहेका छन् भन्‍ने शंका भन्सार अधिकारीहरूलाई हुन्छ। कतै त्यसमा अरू नै कुनै वस्तु त छैन भन्‍ने शंका हुन्छ। र, भन्सार अधिकारीहरूले सुटकेस खोलेर हेर्ने निर्णय लिन्छन्। सुटकेस खोल्दा भेप त हुन्छ तर जाँचपासका लागि फारम भरिएको भन्दा फरक ब्रान्डको। चिनियाँ नागरिक ली हासनले ल्याएको भन्दा फरक ब्रान्डको भेप भेटिएपछि भन्सारमा आन्तरिक छानविन शुरु हुन्छ।

मुद्दा शाखाका नासु खड्कालाई बोलाएर बयान लिइन्छ। र, भेपमा के थियो भनेर सोधिन्छ। उनले भन्सार अधिकारीहरूलाई खासै गम्भीरतापूर्वक लिँदैनन्। कारण- भेपमा रहेको सुन बिक्रीबाट आएको रकम लिएर उनी अमेरिका भाग्‍ने तयारीमा हुन्छन्। तर, काठमाडौंस्थित अमेरिकी दूतावासले उनको भिसा अस्वीकृत गरिदिन्छ। नासु खड्का कति ‘कन्फिडेन्ट’ देखिएका थिए भने आफूलाई बयान लिने भन्सार अधिकारीहरूलाई बाहिरै भेटेर ‘कुरा मिलाउन’ आग्रह गर्ने गर्थे। त्यसले झन शंकाको सुई उनीतिरै सोझिन्छ।

पटक-पटकको सोधपुछपछि उनले उक्त भेपमा सुन रहेको, सुरक्षा गार्डले आफूलाई त्यसको सुइँको दिएपछि भन्सार एजेन्ट बस्‍नेतसहितको मिलेमतोमा न्युरोडका व्यापारी अग्रवाललाई सुन बिक्री गरेको बयान दिन्छन्।

मुद्दा गम्भीर बनेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले लिखित पत्राचार गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई उक्त घटनाको छानविनका लागि आग्रह गर्छ। सीआईबीले छानविनका क्रममा महरा बाबु-छोरा, नासु खड्का, एजेन्ट बस्‍नेत, व्यापारी अग्रवाल र चिनियाँ नागरिक लीको कल डिटेल्स प्राप्त गर्छ। र, कल डिटेल्सकै आधारमा महराको संलग्‍नता खुल्छ।

खासमा, शुरुमा चिनियाँ नागरिक लीले बोकेको सुटकेसमा ठूलो परिमाणमा भेप भेटिएपछि त्यो व्यापारिक सामान हुन सक्ने शंकामा भन्सार महशुल असुल गर्ने उद्देश्यले त्यसलाई ‘होल्ड’ गरिएको थियो। र, भन्सार प्रशासनले लीको राहदानी पनि जफत गरेको थियो। तर, उनको राहदानी फिर्ता दिइयो। र, उनी भेप विमानस्थलमै छाडेर चीन फर्किन सफल भए।

त्यही भेप छुटाउने भन्दै राहुल महरा विमानस्थल भन्सारमा धाउन थाले। कृष्‍णबहादुर महराले पनि भेपको जाँचपास छिटो गरिदिन दबाब दिन थाले।

महरा बाबु-छोराले त्यति तीव्र दबाब नदिएको भए सम्भवतः भेपमा सुन राखेर भइरहेको तस्करीबारे कुनै सुराकी कसैले पाउने थिएन। अझ, नासु खड्का र भन्सार एजेन्ट बस्‍नेतले सावधानीपूर्वक सुन निकालेर त्यही भेप सुटकेसमा राखिएको भए पनि त्यसमा सुन रहेको प्रमाण भन्सार प्रशासनले पाउने थिएन।

भन्सार एजेन्ट बस्‍नेतले सीआईबीलाई दिएको बयानअनुसार सबै भेपबाट निकालिएको सुन ९ किलो तौल भएको थियो। त्यसवापत भारतीय व्यापारी मरगलेले उनीहरूलाई ६ करोड रुपैयाँ दिएका थिए। र, ६५ लाख रुपैयाँ नासु खड्कालाई एजेन्ट बस्‍नेतले दिएका थिए। २० लाख रुपैयाँ बब्लु गुप्तालाई तिनुपर्ने ऋण तिरेका थिए। कतिसम्म भने एकाएक आएको रकम व्यवस्थापन गर्ने क्रममा खड्काले गर्लफ्रेन्डको नाममा पनि केही रकम फिक्स्ड डिपोजिटमा राखिदिएको समेत खुलेको छ।

एजेन्ट बस्‍नेतले रकम व्यवस्थापन गर्ने क्रममा २ करोड ७५ लाख रुपैयाँमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाअन्तर्गत पर्ने दिव्येश्वरी प्लानिङभित्रको जग्गा ससुरा केशव थापाको नाममा खरिद गरेका थिए। बस्‍नेतले आफ्ना भाइ दिपेशलाई ८ लाख र जग्गा खरिद गरिदिने दलाललाई ८ लाख रुपैयाँ दिएको बयान दिएका छन्। एक्कासी आएको रकमका कारण उनीहरू कतिसम्म उत्ताउला भएका थिए भने सिन्धुपाल्चोकको सुकुटे बिच रिसोर्टमा पुगेर मस्ती गर्दै ४ लाख रुपैयाँ सकेका थिए।

सीआईबीको अनुसन्धान क्रममा सुरक्षा गार्ड विकबाट करिब १०० ग्राम मात्र सुन बरामद भयो। बाँकी सुन भारत पुर्‍याइसकिएको थियो।

सुन तस्करीमा चिनियाँ नागरिक ली र दायोजिङ वाङको मुख्य भूमिका रहेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो। दुवै चिनियाँ नागरिकसँग कृष्‍णबहादुर महरासँग पटक-पटक फोनमा कुरा गरेको कल डिटेल्सबाट खुलेको थियो। र, उनका छोरा राहुलको पनि दुवै चिनियाँ नागरिकसँग पटक-पटक कुरा भएको खुलेको थियो।

उल्टै कारवाही सिफारिस

भेपमार्फत सुन तस्करीमा चलिरहेको महरा बाबु-छोराको गोरखधन्दा खुलासा गर्दै अनुसन्धानका लागि सीआईबीलाई लिखित पत्राचार गरेर त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि नै सुन तस्करी जाँचबुझ आयोगले कारवाहीका लागि सिफारिस गरेको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोजमा सरकारले आयोग गठन गरेको थियो। उक्त आयोगले उल्टै जसले यति ठूलो गोरखधन्दालाई खुलासा गर्‍यो, उसैलाई कारवाही सिफारिस गरेको छ।

तत्कालीन भन्सार प्रमुख पोखरेलले स्पष्‍ट रूपमा महरा बाबु-छोरामाथि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन प्रहरीलाई सिफारिस गरेका थिए। र, सुन चोरेर गायब बनाएका आफ्नै मातहतमा नासु, भन्सार एजेन्ट, न्युरोडका व्यापारी, भारतीय व्यापारी, आफ्नै कार्यालयका सुरक्षा गार्डलगायत त्यसमा संलग्‍न सबैमाथि कारवाही गर्न उनले सिफारिस गरेका थिए। तर, उल्टै जाँचबुझ आयोगले उनीमाथि नै कारवाही गर्न सिफारिस गरेको छ।

सोमबार, चैत ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.