• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

करफोकमा गुञ्जियो नेपथ्य आवाज (तस्बिरहरू)


आइतबार, चैत ०४, २०८० मा प्रकाशित

करफोक (इलाम)– पाँच हजार फिट उँचाइमा धुपी सल्लाले घेरिएको जंगल बीच फराकिलो चौर छ। त्यसको छेवैबाट गुज्रिएको राजमार्ग अनि विदा परेको विद्यालयबाहेक यस स्थानमा चहलपहलको खासै आधार देखिँदैन। शनिबार बेलुकी भने यसै सुनसान फाँटमा अचानक हजारौं दर्शक जम्मा भए। सदैव सहर बजारको भिडभाडमा उभिने नेपथ्यले यसरी पहिलोपटक आफुलाई प्रकृति र संगीतको समागममा दर्शक अघिल्तिर प्रस्तुत गरेको छ।

Advertisement

कन्सर्ट सुरुहुनु केहिघन्टा अगावैदेखि फिक्कलबाट सदरमुकाम इलाम बजारलाई जोड्ने राजमार्गमा चलहपहल सुरु भएको थियो । निकै परबाट आएका दर्शकहरु आफ्ना सवारी साधन राख्ने ठाउँ खोज्दै पर परसम्म फैलिएका देखिन्थे। चार बजे बेलुकी ढोका खुलेपछि उनीहरु अलि अलि गर्दै करफोक विद्यामन्दिरको परिसरतर्फ ओर्लन सुरु गरे।

तोकिएको समय अर्थात् बेलुकीको ठीक छ बजे कन्सर्ट सुरुभएपछि मञ्चमा उक्लेका गायक अमृत गुरुङले यसै भेगबाट संकलन गरिएको गीत ‘कोशीको पानी यो जिन्दगानी’ बाट साँझको थालनी गरेका थिए।

‘हाम्रोतिर नेपथ्य नआएको धेरै भइसकेकोले नजिकै पर्ने यो ठाउँमा साथीहरुसँग आयौं,’ कन्सर्टकै लागि दार्जिलिङदेखि आएका जितेन्द्र रसाइली आफ्नै शैलीमा भनिरहेका थिए, ‘बबाल रमाइलो लाग्यो।’ फिक्कल, पञ्चकन्या र कन्याम गाविस जोडेर बनेको यस सूर्योदय नगरपालिकाको सिमाना भारतसँग जोडिएको छ।

‘नेपथ्यको उपस्थितीलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्ने अवसरका रुपमा पनि लिएका छौं,’ नगरप्रमुख रणबहादुर राइले भने, ‘चियाको निम्ति प्रसिद्ध यस स्थानलाई अब पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पनि यस्ता कार्यक्रमले मद्दत गर्ने विश्वास छ।’

कूल भूभागमध्ये ६० प्रतिशतभन्दा बढी चियाबगानले ओगटेको यो नगरपालिकाले वर्षेनी ५० लाख किलोभन्दा बढी चिया उत्पादन गरेर यहाका माटो हावापानीको स्वाद संसारभरलाई बेच्नेगरेको छ। देशमै सबैभन्दा पहिले सूर्योदय देखिने श्रीअन्तुदेखि लिएर सूर्यास्तका मनोरम दृश्य देखिने उच्च भूभागका रमाइला चियाबारी र धुपी सल्लाका जंगलहरु यस भेगमा जताततै पाइन्छन्। पछिल्लो समय सुविधाजनक होटलहरुले भरिभराउ यो स्थान अब ब्यापक स्तरमा पर्यटकहरुलाई निम्त्याउन तम्तयार छ।

कन्सर्टमा गायक अमृतले इलामको सुन्दरता बयान गर्दै कवि भूपि शेरचनको पुरानो भनाइ स्मरण गरेः ‘सक्ने भए अलि अलि इलाम देशभरि लगेर छरिदिन्थेँ।’ अमृतले तमाम दर्शकहरुलाई नेपालमा जताततै रमाइला पर्यटकीय स्थल भएकाले स्वदेशको भ्रमण गर्न र आफ्नो भूगोल अनि समाज चिन्न आव्हान पनि गरे।

यसपालाको कन्सर्टमा सँधै दोहोरिने नेपथ्यका सदाबहार हिट गीतहरु लगायत भर्खरै रिलिजभएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ पनि प्रस्तुत गरिएको थियो। युवायुवतीको बाहुल्यता रहेको भीँडमा दर्शकहरुबीच विविधता पनि उत्तिकै देखिन्थ्यो।

राजधानी काठमाडौंको सञ्चारकर्ममा धेरै वर्ष बिताएका लेखक केदार शर्मा पछिल्लो समय करफोकस्थित जन्मथलोमै आएर बसोबास गर्नथालेका छन्। शनिबार घर छेवैको मैदानमा आयोजित नेपथ्य कन्सर्टमा उनी पनि भेटिए।

‘धेरै पहिलेदेखिको चिनजान भएता पनि नेपथ्य समूहको कन्सर्ट हेर्ने अवसर मलाइ बल्ल आफ्नै आँगनमा जुरेको छ,’ शर्मा भनिरहेका थिए, ‘अमृतजीको उर्जा हामी सबै दर्शकहरुमा विस्तारहुँदा गज्जब रमाइलो लाग्दो रहेछ।’

इलामको गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना भएको यो कन्सर्ट ‘इलाम गुरुङ समाज’को प्रस्तुती थियो। ‘कन्सर्टमा करिब पाँच हजार दर्शक उपस्थित भए,’ आयोजक एवं गुम्बा निर्माण समितिका अध्यक्ष हरि गुरुङले भने, ‘यो आयोजना सफलताका साथ सम्पन्न भएकोमा खुशी लागेको छ।’

कन्सर्टको अन्त्यतिर अमृतले दर्शकहरुसँगै ‘अब कुन गीत सुन्ने?’ भनेर प्रश्न गरेका थिए । त्यसमा अधिकांश दर्शकले ‘रेश्शम’ भनेर चिच्याए।

यसरी ‘रेशम’पछि ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’ गीतमा पुगेपछि जम्मा १७ वटा गीत सुनाएर कार्यक्रम अन्त्य भएको थियो। कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

नेपथ्यले यसै महिनाको अन्त्यमा आफुलाई फेरि इलामकै छेउमा उभ्याउने भएको छ। नयाँ वर्षको अघिल्लो रात ब्याण्ड फेरि बिर्तामोडमा प्रस्तुत हुने छ।

आइतबार, चैत ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.