नारायणगोपाल चोकमा उभिएका
बडका भलमन्सा बडो द्विविधामा छन्
बालुवाटार जाने बस चढ्ने कि
बूढानीलकण्ठ जाने ?
Advertisement
ठग्गाले भनेछ
काका बूढानीलकण्ठका काजी
जहिले पनि रिसाइराख्छन्
आफ्नै गाउँ ठाउँका भए पनि
कुरै गर्दैनन्
बालुवाटारे कमरेट
आफ्नो गाउँ ठाउँको नभए पनि
मज्जाको गफ ठोक्छन्
लात्ताले हान्न पनि बेर लाउँदैनन्
अहिले हालिमुहाली पनि तिनकै छ
त्यहाँ गए केही पाइन्छ पनि
त्यसैले त्यतै जाने बस चढम्
बडका भलमन्साले भनेछन्
भतिज यो नेपाल हो
कुन समय कसको
पलडा भारी हुन्छ थाहा हुन्न
सबै सबैतिर मिलेका छन्
लुकी-लुकी भेटेका छन्
तँ बूढानीलकण्ठ जाने बस चढ्
म बालुवाटारको
साँझ बालकोटमा भेटौंला
दुवै ठाउँ भएको कुरा त्यहाँ ओकलौंला