• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बालबालिकामाथि सामाजिक सञ्‍जालको जञ्‍जाल


बुधबार, फागुन २३, २०८० मा प्रकाशित

हामीले हाम्रा साना बालबालिकालाई चाहिने जति समय दिएका छौं त?  एकपटक गहिरिएर सोच्‍नु जरुरी छ। सबै बालबालिकाको बाल्यकालमा हुने विकासले उनीहरूको सिंगो जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। शारीरिक र मानसिक रूपमा स्वस्थ बालबालिकाहरू नै पछि गएर असल मान्छे बन्छन्। निश्‍चित समयसम्म स्तनपान, पोषिलो खानेकुरा खान पाउनु, बुवा-आमाको काख र माया ममतामा रम्‍न पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो।

Advertisement

आजभोलि सूचना र प्रविधिमा आएको विकासका कारण धेरै मानिस सामाजिक सञ्‍जालमा व्यस्त रहन्छन्। फेसबुक, ट्‍विटर, भाइबर, ह्वाट्स एप, स्‍नाप च्याट, इन्स्टाग्रामलगायत सामाजिक सञ्‍जाल अथवा सोसल मिडियासँग हामी परिचित छौं। सोसल मिडिया आफैंमा नराम्रो त पक्कै होइन। हामीले यसलाई प्रयोग गर्ने तरिका र बानीमा भने निकै ध्यान दिनुपर्छ। कर्तव्य, अधिकार र दायित्व सबै बिर्सेर सोसल मिडियामा मात्रै समय खर्चन थाल्यौं भने यसले विकास होइन, विनाश निम्त्याउँछ।

बालबालिका सृष्‍टिका सुन्दर उपहार हुन्। भ्रुण अवस्थाबाटै उनीहरूको विकास शुरु हुन्छ। आमाको गर्भाशयमा बस्‍ने नौ महिनाको समयमा आमाले पोषिलो खानाका साथमा निश्‍चित योग, अभ्यास र साधना गर्नुपर्छ। आजभोलिको व्यस्त दुनियाँ र निकै चर्चामा रहेका सोसल मिडियाको चाहिनेभन्दा बढी प्रयोगले भ्रुण अवस्थाबाटै बालबालिकाहरूले आमा-बुवाबाट जति हेरविचार पाउनुपर्ने हो, पाउन सकेका छैनन्।

आमा-बुवाहरू दिउँसोको समय त आफ्नो जीवनयापनका लागि आ-आफ्नो पेशामा व्यस्त रहन्छन्। यसलाई अन्यथा मान्‍नु भएन। तथापि, साँझबिहानको समयमा पनि महिलाहरू धेरै समय घरभित्रको काममै व्यस्त रहनुपर्छ। पुरुषहरूले भने महिलालाई काममा सघाउनुको सट्टा सोसल मिडियामै धेरै समय खर्चन्छन्। सोही कारण बालबालिका बाबाको माया, काख र हेरचाहबाट वञ्‍चित त हुन्छन् नै, आमाको व्यस्तताका कारण समयमा खान-पिउन पनि पाउँदैनन्।

यसो भनिरहँदा यहाँ मैले महिलाहरूले सोसल मिडिया नै चलाउँदैनन् भन्‍न भने खोजेको होइन। कति बालबालिकाहरूका आमाहरू रोएको नानीबाबुलाई स्तनपान गराउन छोडेर सोसल मिडियामै समय खर्चेको प्रत्यक्ष रूपमै देखेको छु।

घरभित्रको काम आज पनि पुरुषहरूले प्रायः कम गर्छन्। भ्याइनभ्याई महिलाले नै ती काम गर्नुपर्छ। सूचना प्रविधिको बढ्दो प्रयोग र विप्रेषणले धानेको घरेलु अर्थतन्त्रमा सोसल मिडियाको पहुँचमा धेरै महिला पनि आबद्ध छन्। बालबालिकालाई समय खर्चेर रैथाने खानेकुरा बनाएर खुवाउनुको सट्टा तुरुन्तै तयार हुने जंकफुड दिएर सोसल मिडियामा रमाउन नै निकै आनन्द लाग्छ, हामीलाई। तुलनात्मक रूपमा गाउँमा कम र बजारमा बढी होला तर सोसल मिडियाको नकारात्मक लतबाट अछुतो भने हामी कोही पनि छैनौं।

एकपटक गहिरिएर सोचौं त, हाम्रा बालबालिकालाई हामीले कति न्याय गर्न सकेका छौं? आफैंले बनाउन सकिने मकै, भटमास, कोदोको रोटीजस्ता खानेकुराहरू उनीहरूले खान पाएका छन् त? बालबालिकाहरूलाई आफ्नो काँधमा बोकेर वल्लोघर पल्लोघरमा लगेर संस्कार र सभ्यताका कुरा सुनाएका छौं त? आफू पनि बालक नै भएर उनीहरूसँग कुनै खेल खेलेका छौं त? हाम्रो घरवरपरको वातावरणमा पाइने कुराहरूको यो चिज यो नामको हो भनेर चिनाउन हामीलाई कसले रोकेको छ? चाडपर्वहरूमा विभिन्‍न नातेदारकोमा लगेर सम्बन्ध र नाताको बारेमा चिनाउन किन अल्छी गर्छौं?

आजभोलि बालबालिकालाई खानेकुरा नभएर केही हुँदैन तर उनीहरू जाने ठाउँको गेटमै इन्टरनेटको पासवर्ड जरुर चाहिन्छ। यो किन भयो? हामीले सोचेका छौं त? यस्तो हुनुमा बालबालिका दोषी हुन् कि उनीहरूका अभिभावक? घरपरिवार दोषी छ कि हाम्रो समाज?

छोराछोरीका बुवालाई सोसल मिडियामा कमेन्ट गर्दागर्दै आफ्नो सन्तान के कस्तो छ भन्‍ने हेर्न फुर्सद नै हुँदैन। बुवा मात्र होइन, उसकी आमालाई पनि छोराछोरी नरोएसम्म स्तनपान गराउने वा खाना खुवाउने जाँगर चल्दैन। सोसल मिडियाको लतमा आमाहरू पनि चुर्लुम्म डुब्छन्। लत नै त हो, लागेपछि सजिलै हटाउन कहाँ सकिन्छ र? जब त्यही बालक विस्तारै ठूलो हुँदै जान्छ अनि उसले देख्छ, बाबाको आँखा पनि मोबाइलमा, आमाको आँखा पनि मोबाइलमा।

यति मात्र कहाँ हो र ! हजुरबाबा, हजुरआमा, काकाकाकीलगायत सम्पूर्ण परिवारको आँखा नै मोबाइलमा। यस्तै बानीले त्यो सानो बालकको  बालमस्तिष्‍कमा मोबाइल भनेको विशेष चिज रहेछ भन्‍ने पर्छ। र, विस्तारै एक वर्षको उमेर नहुँदै उसले पनि मोबाइल हातमा लिएर हेर्न थाल्छ। त्यही बालक विस्तारै ठूलो हुने क्रममा उसलाई घरमा बनाइने खानेकुरा केही खान दिँदैनौं। दिन्छौं त चिजबल, चाउचाउ, चाउमिन, मःम, पिज्जा, कोकाकोला, बिस्कुट, पानीपुरी, जुन बजार, पसलमा सजिलै पाइन्छन्।

हामीले बालबालबालिकासँग गर्ने व्यवहारले नै साना नानीहरूलाई प्रभाव पार्ने हो। अनि, हाम्रै आनीबानीबाटै उनीहरूको सिकाइले निरन्तरता पाउने हो। अहिलेका अधिकांश बालबालिकालाई हामीले यो सिकायौं- खानेकुरा भनेको जतिबेला, जहाँसुकै पनि पाइन्छ तर समय काट्नलाई त जहाँ गए पनि इन्टरनेट चाहिन्छ। हाम्रै अनियन्त्रित आनीबानीले गर्दा हाम्रा बालबालिका सानो उमेरमै सूचना प्रविधिको नकारात्मक असरमा परेका छन्। र, त्यही प्रविधिको माध्यमबाट विभिन्‍न किसिमका आपराधिक कृयाकलाप गर्ने बनाएका त छैनौं उनीहरूलाई हामीले? एकपटक राम्रोसँग विचार गर्न जरुरी छ।

सूचना प्रविधिको पहुँच विस्तार हुनु राम्रो कुरा हो। आवश्यकताको पहिचान गरी यसको सदुपयोग गरेर आफू विश्व बजारसँग अद्यावधिक हुनुलाई नराम्रो मान्‍नु पनि हुन्‍न। अनावश्यक रूपमा समय कटाउन कर्तव्य र दायित्व नै बिर्सेर सोसल मिडियामा भुल्नुले एकातिर आफ्ना बालबच्चाहरूको नैसर्गिक अधिकारमै कटौति भएको छ भने अर्कोतिर भविष्‍यमा उनीहरू निकै ठूलो दुव्र्यसनी बन्‍न सक्ने सम्भावना सिर्जना हुन्छ। वास्तवमा सूचना प्रविधि र मिडिया भनेको व्यक्ति असल बन्‍नका लागि हो, सभ्य र विकसित बन्‍नका लागि हो न कि बिग्रनका लागि। अन्य नकारात्मक कामकुरामा हराउनका लागि पनि होइन।

आउनुहोस्, असल कामको शुरुआत आजैबाट गरौं। एक्काइसौं शताब्दीका असल बुवा-आमा, असल अभिभावक बन्‍ने प्रयास गरौं। सन्तान जन्माएर मात्रै कर्तव्य पूरा हुँदैन। उनीहरूलाई असल र सभ्य नागरिक बन्‍न सक्ने आधार सिर्जना गर्नुपर्छ। सोसल मिडियाको बढ्दो प्रयोगले कुनै पनि बालबालिकाको नैसर्गिक अधिकार कटौति नगरोस्।

बालअधिकार हनन् नहोस्। असल अभिभावकका बच्चाहरू असल नागरिक बन्‍न सकून्। आज अनावश्यक रूपमा चर्चा कमाउनकै लागि सोसल मिडियाको गलत प्रयोगले बालबालिकाको भविष्‍यलाई अँध्यारो पार्ने काम नगरौं। सबै कुराको सही रूपमा सकारात्मक सदुपयोग गरौं।

बुधबार, फागुन २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.