काठमाडौं- देउडा गीत ‘देउडा झमाझम रहणी सेरे’को आज भिडियो सार्वजनिक हुने भएको छ। सौगात ओझाको युट्युब च्यानल मार्फत उक्त भिडियो सार्वजनिक हुन लागेको हो।
Advertisement
सुदूरपश्चिमको परिवेस झल्काउने देउडा झमाझम रहणी गीतको शब्द चयन शेरबहादुर बोहोरा र रेखादेवी बोहराले गरेका हुन्। पुरुषतर्फ बोहरा स्यम्ले उक्त गीतमा स्वर दिएका छन्। त्यस्तै यस गीतमा चर्चित लोक देउडा गायिका गौरी भट्टले पनि समधुर स्वर दिएकी छन् ।
गीतमा संगीत शेरबहादुर बोहराले नै दिएका हुन्। कैलालीको गोदावरीमा छायांकन गरिएको यस गीतमा झर्ना बोहरा, शारदा बोहरा, अनु खड्का, सौगात ओझा र शेरबहादुर बोहराको अभिनय छ।
गीतको रेकर्डिङ कुसुम डिजिटल स्टुडियो अत्तरिया कैलालीमा गरिएको हो।