Advertisement
राष्ट्रिय सभाको ठाउँ खाली
भएको सुनेपछि
खुशी हुँदै हाम्रा गाउँका
बडका भलमन्सा पनि
त्यसमा कसरी छिर्ने
भनी विचार गर्दै थिए
सल्लाह गर्न
आफ्ना भतिजालाई
बोलाई पठाए र
सोधे भतिज
मैले पनि माथिल्लो सदनमा
जाने विचार गरें
कसरी जाने ?
कसलाई भन्नुपर्ने होला ?
काका चिन्ता नगर्नुहोस्
हाम्रा नेता पनि बुढा
उमेरले सत्तरी काटेका
त्यसैले पार्टीले बुढाखाडा
उमेरले डाँडा काटेका
कहिल्यै चुनाव नजित्ने
केही गर्ने इच्छा नभएका
आराम गर्ने उमेर भएकालाई
त्यहाँ पठाउने निर्णय गरेको छ रे !
काका तपाईं त
सही उम्मेदवार हुनुहुन्छ
बिरामी पनि हुनुहुन्छ
सभासद भएपछि
उपचार खर्च पनि
सरकारसँग लिन पाइन्छ
अब भोज गरौं
खसी ढालौं
चुप लागेर
रेडियोको समाचार सुनौं काका