मुम्बई- सेक्स र हिंसाका दृश्य अधिक समेटिएका कारण एडल्ट सर्टिफिकेट पाएको बलिउड फिल्म ‘एनिमल’ले संसारभरबाट ८०० करोड भारतीय रुपैयाँ कमाएको छ।
Advertisement
भारतभरमा उक्त फिल्मले ४९८ भारतीय रुपैयाँ आम्दानी गरेको छ। उक्त फिल्म रणवीर कपुरको करिअरमा सबैभन्दा बढी ब्लकब्लस्टर सावित भएको छ।
रिलिज भएको तेस्रो शनिबार एकै दिन उक्त फिल्मले संसारभरबाट १९ करोड ७६ लाख भारु आर्जन गरेको छ। र, कुल विश्वव्यापी आम्दानी ८१७.३६ करोड भारु भएको छ।
यसअघि बलिउड फिल्महरू दंगलले १ हजार ९६८ दशमलव ३, जवानले १ हजार १४८ दशमलव ३२, पठानले १ हजार ५० दशमलव ३, बजरंगी भाइजानले ९१८.१८, सेक्रेट सुपरस्टारले ८७५.७८, पीकेले ७६९ दशमलव ८९, गदर-२ ले ६९१.८, सुल्तानले ६१४.४९ र सन्जुले ५८६.८५ करो कमाएका थिए।
‘एनिमल’को विश्वव्यापी आम्दानी ९०० करोड भारुभन्दा बढी हुने अनुमान छ।