मुम्बई- गत साता रिलिज भएको रणवीर कपुरको फिल्म ‘एनिमल’ले ९ दिनमा ६६०.८९ करोड भारतीय रुपैयाँ कमाएको छ।
Advertisement
भारतमा मात्र उक्त फिल्मको कमाइ ४०० करोड भारु छ। उक्त फिल्ममा बबी देओल भिलेनको भूमिकामा देखिएका छन्। फिल्ममा अनिल कपुर, रश्मिका मन्दना, तृप्ती दिम्री, शक्ति कपुर, प्रेप चोपडा, सुरेश ओबरायलगायत स्टारहरूको अभिनय छ।
उक्त फिल्ममा देखाइएका हिंस्रक दृष्यहरू र कथावस्तुको चर्को आलोचना पनि भइरहेको छ। त्यसका बावजुद फिल्मले राम्रो आम्दानी गरिरहेको छ। उक्त फिल्मले बक्स अफिसमा शाहरुख खानको ‘जवान’लाई पछाडि पारेको छ।
शाहरुखको ‘जवान’ले बक्स अफिसमा ६४०.४२ करोड भारु कमाएको थियो। यस्तै, सन्नी देओलको ‘गदर–२’ले ५२५.५० करोड कमाएको थियो। शाहरुखकै ‘पठान’ले बक्स अफिसमा ५४३.२२ करोड भारु कमाएको थियो।