• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नेपाली चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’को प्रयोग बढ्दै


सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित

काठमाडौं– चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ। नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भने समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ। यही समस्या समाधानका लागि पछिल्लो समय चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढेको पाइन्छ। स्क्रिप्टको चिरफार गरी पटकथामा देखिएका समस्या, त्यसको सम्भावित समाधान औँल्याउने काम स्क्रिप्ट डाक्टरले गर्छन्।

Advertisement

‘टलकजङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता मौलिक कथा लेखेका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने प्राय आफैँ लिखित चलचित्रमै अभिनय गर्थे। तर पछिल्लो समय उनले अन्य लेखकद्वारा सिर्जित पात्रमा समेत काम गर्नुका साथै पटकथा लेखनमा सहयोग पनि लिन थालेका छन्। उनले लेखेको पछिल्लो चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा स्क्रिप्ट डाक्टरका रुपमा निर्देशक मनोज पण्डितलाई राखे। लेखकका रुपमा यो निकै सहयोगी रहेको अनुभव गरेको उनले बताए।

“हामीले कथा लेखनका क्रममा गरिरहेका गल्ती औँल्याउने भएकाले मलाई निकै उपयोगी रह्यो। म लेखक रुपमा स्थापित भए पनि उहाँको सहयोगले पटकथालाई राम्रो बनाउने मौका पाएँ”, अभिनेता लामिछानेले भने।

नेपाली चलचित्र ‘लूट’ मार्फत प्रस्तुतीकरण, कथ्य शैली र पात्र आवरणमा भिन्नता ल्याउन सफल निर्देशक निश्चल बस्नेत लेखक पनि हुन्। उनले लेखनका क्रममा कमजोरी छुट्याउन सहज नहुने बताए।

“मैले लूट शृङ्खला आफैँले लेखे। पहिलो शृङ्खलामार्फत निर्देशनमा स्थापित भएँ। तर दोस्रोमा पटकथाभन्दा चरित्रलाई प्राथमिकतामा राखे। कही कतै चरित्रमा स्टारडम (लोकप्रियता) हाबी भयो”, निर्देशक बस्नेतले भने, “मैले नयाँ चलचित्र दिमाग खराबमा अरुकै लेखनमा काम गरेँ। निर्देशक भएकाले लेखनमा मेरो सहभागिता थियो। त्यसमा स्क्रिप्ट डाक्टर जोडिनुभएपछि समस्या र त्यसको समाधान पनि बुझ्न पायौँ।”

उनले पटकथामा उचित सल्लाह दिएर समाधान निकाल्नसके चलचित्र पर्दामा आएर उब्जिने प्रश्नहरू लेखनकै क्रममा समाधान हुने बताए।

‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरेर स्थापित भएका निर्देशक प्रदीप भट्टराईले लेखक र निर्देशक एउटै व्यक्ति हुँदा छायाङ्कनका क्रममा सहज हुने भए तापनि त्यस अगाडि लेखनकै क्रम रचनात्मक सुझाव उपयोगी हुने बताए।

उनले भने, “आफैँले लेखेको कथामा पात्रसँग बढी नजिकिनु स्वाभाविक हो । छायाङ्कनमा समस्या देखिए परिवर्तन गर्न सकिन्छ। यद्यपि लेखनका क्रममा हामी विषयभन्दा बाहिर गइरहेका हुन्छौँ। त्यही कारणले कथा राम्रो भए तापनि पटकथामा समस्या देखिने गर्छ।” उनले पटकथा लेखनमा मेहनत आवश्यक रहेको बताए।

लेखनका क्रम सहयोगी हुने अनुभवकै कारण नेपाली चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढ्न थालेको छ। केही निर्देशकले आफ्नो भरपर्दो निर्देशक वा लेखकलाई पटकथा दिएर सुझाव लिने गरेका छन्। तर, आफ्नो कार्यकौशलतामा प्रश्न उठ्ने डरले त्यो सार्वजनिक गरिँदैन।

यद्यपि पछिल्लो समय ‘स्क्रिप्ट डाक्टर’को प्रयोग बढेसँगै रचनात्मक सुझावका लागि निर्देशक र लेखक खुलेर सल्लाह गर्न थालेका छन्।

सोमबार, मङि्सर ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.