Advertisement
एमाले चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन्।
१० औं जिल्ला अधिवेशन उदघाटन भएको ३४ दिनपछि नयाँ नेतृत्व चयन भएको हो। कोरोनालाई कारण देखाउँदै २३ पुसमा उदघाटन भएर अधिवेशन स्थगित भएको थियो। अध्यक्ष मण्डलले न्यौपानेलाई अध्यक्ष चयन गरेको हो।
उपाध्यक्षमा कमलराज पाठक, सचिवमा शैलेश खनाल, सहसचिवमा चन्द्रकान्त न्यौपाने र प्रकाश ढुंगाना चयन भएका छन्।
निर्वाचन मण्डलका अनुसार बुधवार नवनिर्वाचित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइने छ। न्यौपाने यसअघि तत्कालीन नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष थिए।