पुष्पा, अञ्जलीसँगै
गत पुसमा भेटेकी सानी पूजा
ठूली भा’छे।
Advertisement
दुवै दिदी कोशी गएपछि
आफैंजस्तै बाघले
घाइते बनाएका
बेवारिसे अवस्थामा
जंगलबाट ल्याइएका
राम, देवकी दिदी भा’छे
अब केही समय पूजाले
दुवैलाई के खाने कसरी बस्ने
सिकाउने छे
दुवैले दिदीसँग जीवनका
सबै कुरा सिक्ने छन्
जो कि जंगलमा
फर्की गएपछि काम लाग्ने छन्
तीनैजना ठूलो भए पुष्पा र अञ्जली
जस्तै बजार घुम्न जाने छन्
एटीएममा छिर्ने छन्
टिकटक बन्ने छ
सौराहा घुम्न आएकाले
देखेर रमाइलो मान्ने छन्
फोटो खिच्ने छन्
यिनीमार्फत पर्यटकले
सौराहा चिन्ने छन्