महोत्तरी- गौशाला नगरपालिका-९ गौशाला-बिसरपुर सडकबाट सोही नगरपालिका-६ बस्ने १९ वर्षीय गोबिन्द महरा र १९ वर्षीय राजा यादवलाई नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
प्रदेश २-०२-००५ प ४८६१ नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकल चालक महरा र मोटरसाइकलमा सवार यादवलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।