विदेशी पनि हुन नसक्ने
नेपाली पनि हुन नचाहने
नारनहरूको जात्रा देखियो
Advertisement
हुल्लडबाजका टोलीजस्तै
हुलदंगा मच्चाएका छन्
अन्टसन्ट बोलेका छन्
‘गरियाएका’ छन्
जिन्दावाद मुर्दावादको
नारा लगाएका छन्
नेपाल छोडे पनि नेपाली
राजनीतिमा हिस्सा खोजेका छन्
नेपालीजन वाक्क दिक्क भएका
एमाले, कांग्रेस, माओवादीका
पुच्छरसँग केको आशा गर्नु
कसैले झक्कु झार्नै थियो
ऐना देखाउनै थियो
ठीकै उपनाम दिएकी छन्
रामकुमारीले “चिप्रे”