• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

एमसीसी सम्झौता संसदबाट पारित गर्ने प्रक्रियाकै बारे अन्योल


बुधबार, माघ १९, २०७८ मा प्रकाशित

एमसीसी सम्झौता संसदबाट अघि बढाउने कसरत भैरहेका बेला यो कुन प्रकारको सम्झौता भन्नेमा नै अन्योल देखिएको छ । पारित गर्न संसदको दुई तिहाई चाहिने कि सामान्य बहुमत भए पुग्छ भन्नेमा दलहरुबीच नै मतभेद छ ।

Advertisement

०७६ साल असार ३० गते एमसीसी दुई देशीय सम्झौताको रूपमा अनुमोदनका लागि संसदमा दर्ता भएको थियो । शुरूमा मन्त्रिपरिषद्को स्वीकृती भए कार्यान्वयन गर्न सकिने भनेर वाणिज्य करार गरिएको थियो । तर तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले एमसीसीलाई संसदबाट पारित गनुपर्ने भन्दै संसदमा दर्ता गरायो । सम्झौताका बिषयमै प्रमुख दलहरूबीच सहमति नजुट्दा एमसीसी विवाद ज्यूँकात्यू छ । यो स्थितिमा संसदबाट कसरी अनुमोदन गर्ने भन्ने विषयमा समेत फरक धारणा आइरहेका छन् । गठबन्धनमा आबद्ध दलकै नेताहरूले एमसीसीका विवादीत विषय शंशोधन भएपछि संसदको दुईतिहाइ बुहमतले पारित हुन सक्ने भनिरहेका छन् । कतिपयको बुझाई सामान्य बहुमतबाट पारित गर्न सकिने भन्नेछ । तर संसदमा दर्ता भएको एमसीसी कस्तो प्रकारको सम्झौता हो भनेर अहिलेसम्म न सरकारले बोलेको छ, नत संसदले नै यकिन गरेको छ ।

संविधान र ऐनमा शान्ति, सुरक्षा, सीमाना, प्राकृतिक स्रोत र सामारिक सम्बन्ध सम्बन्धी सन्धी सम्झौतालाई संसदको दुवै सदनको दुई तिहाइ बहुमतले पारित गनुपर्ने भनिएको छ । तर एमसीसीलाई दुई पक्षीय करार मात्र भनिएको छ। त्यसैले सम्झौताको रूप दिएर संसदीय अनुमोदनका लागि पठाउनु नै गलत भएको तर्क कतिपय संविधानविद्को छ ।

एमसीसी अनुमोदनका लागि संसदको दुवै सदनको दुई तिहाइ बहुमत आवश्यक परे राष्ट्रिय दलहरूबीच सहमति नभई पारित हुनै सक्दैन । २७५ सदस्यीय प्रतिनिधिसभामा सत्ता गठबन्धनको बहुमत छ । सामान्य बहुमतका लागि १३८ र दुई तिहाई पुर्याउन १८४ मत चाहिन्छ । तर दुइतिहाई पुग्न एमाले बिना सम्भव छैन् । सरकारले सामान्य बहुमतबाट पारित गर्ने प्रस्ताव लगे त्यसलाई सभामुखले अस्वीकार गर्नसक्ने देखिन्छ । यदी संसदबाट सामान्य बहुमतले पारित भइहाले एमसीसी सम्झौता संवैधानिक ब्याख्याको रूपमा अदालत समेत प्रवेश गर्न सक्छ ।

बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.