• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु


बिहिबार, माघ १३, २०७८ मा प्रकाशित

काठमाडौं- रौतहट गरुडा नगरपालिका-४ गरुडा गाउँस्थित सडकमा ना.६२ प ३३९९ नम्बरको मटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि झाझपुलस्थित ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Advertisement

ईलाम रोङ गाउँपालिका-४ पहिरोस्थित सडकमा प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप गाडी अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा गाडीमा सवार झापा मेचिनगर नगरपालिका-४ बस्ने ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्य बहादुर थापाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गाडीका चालकलाई उपचारको लागि बिएण्डसी अस्पताल झापातर्फ पठाइएको छ ।

पाँचथर मिक्लाजुङ गाउँपालिका-१ फुङसिङस्थित सडकमा प्रदेश १-०१-००१ त ८५९५ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक ईलाम माङसेबुङ गाउँपालिका-३ बस्ने २१ वर्षीय रविन लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।

पाल्पा तानसेन नगरपालिका-६ वर्तुङचोकस्थित सडकमा लु.३ त ४६१५ नम्बरको ट्याङ्करमा लु.४४ प १६१९ नम्बरको स्कुटर ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार माथागढी गाउँपालिका-३ सराय बस्ने ५५ वर्षीया  कान्तीसरा गाहाको मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा सखुवाप्रसौनी गाउँपालिका-२ लक्ष्मीपुरस्थित सडकमा प्रदेश २-०३-००१ ख २१६३ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री पर्सागढी नगरपालिका-१ घटनीटोल बस्ने ४५ वर्षीय तुरन चौधरीको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कञ्चनपुर पुनर्वास नगरपालिका-३ माईली बजारस्थित सडकमा लु.२ स ००८१ नम्बरको अटो रिक्सा र से.१ प ७६४४ नम्बरको मटरसाइकल एक-आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा अटो चालक सोही ठाउँ बस्ने ३५ वर्षीय  राजेन्द्र मिजारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार र मोटरसाइकल चालक समेत गरी ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापा मेचीनगर नगरपालिका-७ स्थित सडकमा मे.१ झ १७२ नम्बरको गाडीले मे.९ प ७९२७ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष राजबंशीको मृत्यु भएको   छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ धुनिबेशी नगरपालिका-६ चालिसेस्थित सडकमा ग.१ ख ४३३८ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री उदयपुर वेलका नगरपालिका बस्ने ४२ वर्षीय दुर्गा घिमिरेको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार, माघ १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.