गुल्मी– इस्मा गाउँपालिका-४ बस्ने ४४ वर्षीय कृष्ण बहादुर खड्का सोही ठाउँस्थित रानिपोखरी सामुदायिक वनको रिपरानिपानी खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
Advertisement
सोही गाउँपालिका-५ मैदानमा तीज गीत कार्यक्रम हेर्न गएका उनी घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी इस्माबाट खटिएको टोलीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ।