काठमाडाैं– पहिलाे ओभरमै नेपालले दुई विकेट गुमाएकाे नेपालले दाेस्राे ओभरमा पनि विकेट गुमाएकाे छ। नेपालकाे तीन विकेट गुमेकाे छ।
Advertisement
तेस्राे विकेटकाे रुपमा नेपालले आसिफ शेख आउट भए। उनी नसीम शाहकाे बलमा आउट भए।
पहिलाे ओभरमा कुशल भुर्तेल र कप्तान राेहित पाैडेल आउट भएका थिए।
पाैडेल पहिलाे बलमै खातासमेत नखाेली आउट भएका थिए।
पहिलाे ओभरकाे दुवै विकेट शाहिन अफ्रिदिले लिएका थिए।
नेपाल ताजा अवस्थामा ३.१ ओभर खेल्दै ३ विकेटकाे क्षतिमा १८ रन बनाएर खेलिरहेकाे छ।