काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४२ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४३ रुपैयाँ ९ पैसा र बिक्रीमा १४३ रुपैयाँ ७४ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६७ रुपैयाँ २४ पैसा र बिक्रीमा १६८ रुपैयाँ कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ५ पैसा र बिक्रीमा ८५ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८१ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८८ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीमा ९ रुपैयाँ १० पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ११ पैसा र बिक्रीमा १८ रुपैयाँ १९ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९९ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ३ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ५५ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ५० पैसा तथा बहराइनको दिनार खरिदमा ३४९ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ २४ पैसा तय गरिएको छ।