• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

सशस्त्र प्रहरीले भन्सारमा बुझायो २४ करोडको समान


    Avatar photo
बुधबार, साउन ३१, २०८० मा प्रकाशित

वीरगञ्ज- सशस्त्र प्रहरीले आर्थिक वर्ष २०७९/८० मा पर्साको विभिन्न स्थानबाट रु २४ करोडभन्दा बढी मूल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएको छ ।

Advertisement

सशस्त्र प्रहरीको टोलीले आर्थिक वर्ष २०७९/८० को साउनदेखि असार मसान्तसम्म वीरगञ्जसहित पर्साको विभिन्न नाकाबाट रु २४ करोड २८ लाख ८० हजार नौ सय ३१ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहका अनुसार सो आवमा सशस्त्र प्रहरीले लत्ताकपडा, हार्डवेयर, किराना सामान, कुखुरा तथा मासुजन्य पदार्थ, सुनचाँदीलगायतका अवैध सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको हो ।

उक्त आवमा रु १८ लाख ४८ हजार नौ सय ६० मूल्य बराबरको कुखुरा, कुखुराको मासु, माछा, रु ५९ लाख ७४ हजार चार सय ७० बराबरको पशुचौपाया, रु तीन लाख २० हजार एक सय ४० को मदिरा, रु चार लाख १८ हजार नौ सय ८० को सुर्ती, रु चार लाख १९ हजार ६७ को पटका, रु ३७ लाख २१ हजार पाँच सय ९६ को हुन्डीको कारोबार गर्ने नगद रुपैयाँ, रु एक लाख ७५ हजार ७२ को सुन तथा चाँदी, रु १२ करोड ६५ लाख १० हजार तीन सय ११ बराबरको लत्ताकपडा, किराना, हार्डवेयर र इलेक्ट्रोनिक्सलगायत सामान पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

यसैगरी छ वटा अटो, एउटा स्कारपियो, एउटा सुजुकी कार, एउटा पिकअप, चार वटा कार, एउटा टाटासुमो र ५९ वटा मोटरसाइकल गरी रु नौ करोड ८४ लाख ५३ हजार चार सय बराबरको सवारीसाधन समेत पक्राउ गरी भन्सारमा बुझाइएको उहाँको भनाइ छ । यसबाहेक रु ५० लाख ३८ हजार सात सय ३५ बराबरको एक हजार तीन सय ५९ दशमलव सात क्युफिट अवैध काठसमेत नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी बिलबिजकभन्दा फरक एवं बढी माल सामान भएको तथा प्रज्ञापनपत्रबिना सामान ढुवानी गरी राजस्व छलीमा संलग्न रहेको ३६ ट्रक, दुई पिकअप, दुई बोलेरो र चार वटा ट्र्याक्टरलगायतका सवारीसाधन पनि पक्राउ गरी भन्सारमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल तथा तीअन्तर्गतका युनिटबाट आव २०७९/८० मा आठ सय ४५ दशमलव ८५ किलो गाँजा, ७६ बोटल विन्करेक्स, ३० दशमलव आठ सय १० किलोग्राम चरेसलगायतका लागुऔषधसहित २० मोटरसाइकल, दुई ट्रक र एक बस तथा ४० जनालाई नियन्त्रणमा लिइ कारबाहीका लागि नेपाल प्रहरीमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो ।

बुधबार, साउन ३१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भर्खरै

  • १.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • २.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ३.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ४.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ५.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ६.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ७.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ८.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.