Advertisement
काठमाडौं- कांग्रेसका आठ सह-महामन्त्रीमध्ये सभापति शेरबहादुर देउवा प्यानलबाट ६ जना निर्वाचित भएका छन् । यस्तै, सभापतिमा पराजित डा. शेखर कोइरालाको प्यानलबाट दुईजना सह-महामन्त्री बनेका छन् ।
देउवा प्यानलबाट महिलातर्फ महालक्ष्मी उपाध्याय, आदिवासी-जनजातितर्फ भीष्मराज आङ्देम्बे, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर, खस आर्यतर्फ किशोरसिंह राठौर, मधेशीतर्फ महेन्द्र यादव र थारूतर्फ उमाकान्त चौधरी सह-महामन्त्री निर्वाचित भएका छन् ।
यस्तै, कोइराला प्यानलबाट दलिततर्फ र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे सह-महामन्त्री निर्वाचित भएका छन् ।