काठमाडौं– पानीकाे चरम अभावपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका दन्त चिकित्साका दोश्रो वर्षका बाहेक सबै कक्षाहरु स्थगित भएका छन्।
Advertisement
कक्षाहरु जेठ ३० सम्म स्थगित भएको प्रतिष्ठानका एसिस्टेन्ट डीन डाक्टर भिम्मी सिंहले सार्वजनिक गरेकाे सूचनामा उल्लेख छ।
चरम अभाव भएपछि पठनपाठनमा समस्या आएकाे भन्दै केही दिन अगाडि प्रतिष्ठानका विद्यार्थीले पर्याप्त पानीको माग गर्दै आन्दोलन समेत गरेका थिए।
पानी अभावले प्रति बिरामी औसतमा ३ सयदेखि ६ सय लिटरसम्म पानी खपत हुने डाइलासिस सेवामा समेत असर पर्ने देखिन्छ। प्रतिष्ठानका अनुसार डायलायसिस वार्डमा दैनिक औसतमा ४० देखि ६० बिरामीको डायलायसिस हुन्छ।
