काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेका छन्। पछिल्लो २४ घण्टामा मात्र थप ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको भारतीय संचार माध्यामहरूले जनाएका छन्।
Advertisement
यसअघि बुधबार भारतमा ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा ६ जनाको मृत्यु भएको छ भने करिब २८ सय संक्रमणमुक्त भएका छन् ।
केही दिनदेखि छिमेकी मुलुक भारतमा समेत कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी.१.१६ फैलिइरहेको छ । भारतमा कोरोना बढ्दा नेपालमा पनि जोखिम बढेको छ।
पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूमा पनि संक्रमण पुष्टि भएको छ ।