काठमाडौंँ । अभिनेता नाजिर हुसेनले ‘अगस्त्य’ फिल्मका लागि २० किलो तौल बढाउँदै छन्। तौल बढाउन उनले दैनिक वर्कआउट गरिरहेका छन्।
Advertisement
केही अगाडि फिल्म ‘गुलाबी’ को फष्टलुकबाट चर्चा कमाएका उनले यो फिल्म अभिनयका लागि आफ्नो १७ किलो तौल घटाउका थिए ।
अहिले भने उनी अगस्त्य’ अभिनयका लागि २० केजी तौल बढाउन लागेका छन् । ‘अगस्त्य’ सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म हो । फिल्ममा सौगात मल्ल र मलिकाको पनि मुख्य भूमिकामा छानिएका छन् । फिल्ममा नाजिर एक्सन अवतारमा देखिने बताइएको छ ।