काठमाडौँ – कलाकारहरुले निःशुल्क स्वास्थ्य परीरक्षण गरेका छन् । विश्व क्यान्सर दिवसको अवसर पारेर काठमाडौं क्यान्सर सेन्टर ताथलीले शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा कलाकारहरुले क्यान्सर लगायत विभिन्न रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन् ।
कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, धिरन शाक्य, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलास कार्की, सुशान्त बसेल, सुन्दर खनाल, सागर लम्साल, प्रकाश सुवेदी लगायत कलाकारहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन् ।
चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले शनिबार उद्घाटन गरेको कार्यक्रममा कलाकारको अलवा सर्वसाधारणको पनि स्वास्थ्य परीक्षण गराएका थिए ।
क्यान्सरको विषयमा सन्देश दिने तथा निःशुल्क स्वास्थ्य परिक्षणको सेवा दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका थिए ।
कार्यक्रममा कलाकारको उपचारको छुटको लागि काठमाडौँ क्यान्सर सेन्टरसँग कलाकार संघ र चलचित्र विकास बोर्डले सम्झौता भएको थियो ।
कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको उपचारमा आफूले छुटको व्यवस्था गरेको कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जली कुमार झाले बताए ।