• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

अंगुरको राजधानी एडिलेडमा नेपथ्यको लोक-रक !


आइतबार, माघ १५, २०७९ मा प्रकाशित

एडिलेड- अस्ट्रेलियामा जारी नेपथ्यको शृंखलाबद्ध प्रस्तुतीअन्तर्गत आयोजित दोस्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो। त्यतिबेलै ब्यान्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरू नाचेको गजबको दृश्य देखिन थाल्यो। आफूहरू बस्दै आएको शहरको त्यस ‘हिन्डले म्युजिक हल’मा यति भव्यताका साथ नेपाली कार्यक्रम हुनेछ भनेर एडिलेडका नेपालीहरूले शायदै कल्पना गरेका थिए।

Advertisement

अघिल्लोपटक पनि यसै हलमा नेपथ्यको कन्सर्ट आयोजना गरेका गगन गिरीका अनुसार यसपटकको सो एडिलेडमा आजसम्मकै सबैभन्दा व्यापक र व्यवस्थित बन्नपुगेको छ। एडिलेड शहरमा चौथोपटक प्रस्तुत नेपथ्यले हिन्डले हलमा भने तीन वर्षको अन्तरालपछि यो दोस्रोपटक आफूलाई उभ्याएको थियो।

कार्यक्रमको प्रारम्भमै ब्यान्डको भर्खरै रिलिज भएको गीत ‘भटभटे’ प्रस्तुत गरिएको थियो। काठमाडौंका मोटरसाइकल पुस्ता दर्शाउने गीतको भावले एडिलेडका दर्शकहरूलाई उनीहरूको पुरानो यादसँग जोडेको देखिन्थ्यो।

त्यसपछि क्रमशः ‘छेक्यो छेक्यो’, ‘भेडाको ऊन’ हुँदै ‘लामपाते सुरती’ गाएर सुनाइएको थियो।

कुनै समयकी बेलायती रानीको नाम दिइएको एडिलेड शहर अस्ट्रेलियाकै अरू ठूला शहरहरू भन्दा बेग्लै छ। अरू शहरजस्तो यो ठाउँ उतिबेलाको बेलायती साम्राज्यका कैदी बन्दी राख्नका निम्ति नभई व्यवस्थित शहरीकरणकै उद्देश्यले रानी एडिलेडको नाम दिएर बसाइएको थियो।

सिड्नी र मेलबर्नको तुलनामा असाध्यै थोरै नेपालीहरूको बसोबास रहेको यो शहरमा पछिल्लो समय भने पढ्न वा बसोबासका निम्ति आउनेहरूको संख्यामा तीव्र वृद्धि हुँदै गएको छ। त्यसमा पछिल्लो समय पुनर्वास गराइएका नेपाली मूलका भुटानीहरूको संख्या पनि यहाँ थपिन पुगेको छ।
कार्यक्रमअघि बढ्दै जाँदा गायक अमृतले ‘चरि मर्‍यो’, ‘जोमसोमे बजार’, ‘शिरफूल’ र लाहुरेहरूले ल्याएको गीत ‘नैनाताल’ सुनाउँदै गए।

यतिबेला दक्षिणी गोलार्द्धमा उखरमाउलो गर्मी महिना चलिरहेको छ। यस्तोमा नेपथ्यले नेपाली लोकरक घन्काउन थालेदेखि नै वातानुकुलित हलको तापक्रम पनि बाहिरकै जस्तो बन्न पुगेको थियो। स्तरीय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरूको निम्ति विश्वमै प्रसिद्ध भिनयार्डहरू समेटेको यो शहर दक्षिणवर्ती अस्ट्रेलियाली राज्य ‘साउथ अस्ट्रेलिया’को राजधानी पनि हो।

शनिबार कन्सर्ट हेर्न आउने दर्शकहरू मध्ये ‘माउन्ट कम्पास वाइन कम्पनी’का मालिक जोडी जो र जोरिका पनि थिए। ५० किलोमिटरको यात्रा गरेर आइपुगेको यो जोडी शुरुदेखि अन्त्यसम्मै हलमा रमाएका देखिन्थे।

‘तपाईंहरूले गाएको भाषा त बुझेनौं,’ उनीहरू भनिरहेका थिए, ‘तर, हलमा भएका नेपाली दर्शकहरू असाध्यै रमाइरहेको र गायकले भनेको कुरालाई असाध्यै गम्भीरताका साथ लिइरहेको देख्दा हामीलाई पनि कतै न कतैबाट जोडिएको अनुभूति भइरह्यो।’

यसरी रमाउने अस्ट्रेलियनमा ती दुई जोडी मात्र नभएर आयोजनास्थल ‘हिन्डले म्युजिक हल’की व्यवस्थापक अन्या पनि थिइन्।

‘गायकमा भएको ऊर्जा हलभरिका दर्शकहरूमा रोचक तवरले प्रसारित भइरहेको देखिन्थ्यो,’ उनी भनिरहेकी थिइन्, ‘मलाई त्यो दृश्य असाध्यै मनप¥यो।’ आफ्नो कर्मचारीहरूबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको उनले बताइन्।

यहाँको कार्यक्रममा पनि ‘यो जिन्दगानी’ प्रस्तुत गरिरहँदा मानवसेवा आश्रममा उद्धार गरिएका आश्रितहरूको तस्बिर देखाइएको थियो। ब्यान्डले यो वर्षभरि नै आफूलाई ‘मानवताको लागि संगीत’ नाराका साथ प्रस्तुत गर्ने संकल्प लिएको छ।

मञ्चबाट जस्तोसुकै मुडको गीत गाइरहँदा पनि तल दर्शकहरू साथमा साथ मिलाएर गाइरहेका देखिन्थे। अमृतले लोकगीतहरूको शृंखलाबद्ध प्रस्तुती दिइरहँदा नेपालका कुना कन्दरा घुम्दै लोकगीत संकलनका आफ्ना अनुभवहरू पनि दर्शकसँग साटेका थिए।

‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरूलाई एकतामा जोड्ने काम गर्छ,’ स्थानीय आयोजक गगन गिरी भनिरहेका थिए, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो।’

कार्यक्रम सधैंजस्तै अन्तिम लहरमा ‘रेशम’बाट ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्जे’मा पुगेर अन्त्य भएको थियो।

‘यति पर आएर पनि घरमै गीत गाएको जस्तो अपनत्व महशुस गर्न पाउँदा आनन्द लागिरहेको छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भनिरहेका थिए, ‘जहाँ बसे पनि नेपाल र नेपालीलाई माया गर्न नछोड्नूस् है।’ अमृतले त्यस क्रममा नेपाली तन्नेरीहरूलाई जता बसेता पनि मानवताको भावना मुटुमा सँगालेर राखिरहन अनुरोध गरेका थिए।

रातको ठीक नौ बजे शुरु भएको कन्सर्ट दुई घण्टासम्म चलेको थियो। अमृतलाई सधैंझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्यान्ड अब क्विन्सल्यान्ड राज्यतर्फ प्रस्थान गर्नेछ। ब्रिसबेनस्थित ‘फोर्टिच्युड म्युजिक हल’मा ३१ जनवरीमा नेपथ्यले फेरि पनि उसका नयाँ पुराना लोक रक धुनहरू घन्काउनेछ।

ब्रिसबेनपछि ३ फेब्रुअरीमा केन्द्रीय राजधानी क्यानबेरा, ५ फेब्रुअरीमा पर्थ, १० फेब्रुअरीमा सिड्नी, १३ फेब्रुअरीमा मेलबर्न र अन्त्यमा १७ फेब्रुअरीमा होबार्टमा आफूलाई प्रस्तुत गरेपछि ब्यान्ड स्वदेश फिर्नेछ।

आइतबार, माघ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.