काठमाडौं– गायिका समीक्षा अधिकारी र गायक कृष्ण काफ्लेको स्वर रहेको ‘भमरा’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतको भिडियोमा मोडलद्धय रोशन केसी र बिना राउतको अभिनय रहेको छ ।
Advertisement
गीतमा मोहन थापाको शब्द, सुवास भुसालको सङ्गीत तथा नरेन्द्र वियोगीको एरेन्ज छ । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमकहानीलाई देखाइएको छ ।
राम कुमार केसीको छायाँकन, मनोज कार्कीको सम्पादन, दावा तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन शिशिर खातीले गरेका हुन् ।