काठमाडौं- मोडल नीति शाह फिल्म खेल्ने तयारीमा छिन्।
Advertisement
महँगो पारीश्रमिक सहित फिल्ममा साइन गरेको चर्चाबिच नीतिले अभिनय सिक्ने तयारी थालेकी छिन्।
उनले नायिका स्वस्तिमा खड्काको शो मा पुगेर अभिनय क्लासको तयारी गरिरहेको बताएकी हुन्। उनले चाँडै नै अभिनय कक्षा लिने तयारी गरेको बताइन्। थिएटरको अभिनय क्लासपछि मात्रै फिल्ममा देखिने नीतिले बताएकी छिन्।
नीतिले मिस नेपालको सहभागिता र मिस इन्टरनेशनलको बारेमा पनि खुलेर कुरा गरेकी छिन्। उनले आफु पूर्ण तयारी र अपरिपक्क अवस्थामा त्यहा सहभागी भएको बताएकी छिन्।
अनेक विवाद र ट्रोलको शिकार बनेकी नीतिले आफुलाई सबैबाट बाहिर निकालेर व्यक्तिगत र व्यवसायिक जीवनमा सफलता हाँसिल गरिरहेकी छिन्।