काठमाडौं- विराट कोहली र अनुष्का शर्माले दुबई पुगेर नयाँ वर्ष मनाएका छन्। दुबैले सामाजिक सञ्जालमा आफूले नयाँ वर्ष सेलिब्रेट गरेका तस्बिर सार्वजनिक गरेका छन्।
कोलो पहिरमा नयाँ वर्ष मनाउँन पुगेकी अनुष्कालाई सेतो पहिरनका साथ विराटले साथ दिएका थिए। अनुष्का कालो पहिरनमा निक्कै सुन्दर देखिएको भनेर प्रशंसा भैरहेको छ।
यसअघि विराट–अनुष्काले ३१ डिसेम्बरको साँझको फोटो पनि सेयर गरेका थिए। यो तस्बिरमा दुवै छोरीसँग उदाउँदो सूर्यलाई हेरिरहेका थिए। अनुष्का र विराटले डिसेम्बर २०२२ मा आफ्नो विवाहको पाँचौं वार्षिकोत्सव मनाएका छन्। उनीहरु २०१७ मा विवाह बन्धनमा बाँधिएका थिए।
अनुष्का र विराटले ३ वर्ष लामो डेटपछि सन् २०१७ मा विवाह गरेका थिए। अनुष्काले सन् २०२१ मा छोरी वामिकालाई जन्म दिएकी थिइन्। आमा बनेपछि अनुष्का फिल्ममा देखिएकी छैनन्। उनी फिल्म ‘चकडा’ मार्फत फिल्ममा फर्किने तयारीमा छिन्।