काठमाडौं- शनिबार प्रतिनिधिसभाको अन्तिम बैठक बस्दैछ। कार्यकालको अन्तिम बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची छ।
Advertisement
अपराह्न १ बजे बस्ने बैठकपछि हालको प्रतिनिधिसभाको कार्यकाल समाप्त हुनेछ। शनिबार मध्यरातदेखि हालको अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदले राष्ट्रपतिलाई सिफारिस गरिसकेको छ।
शनिबारको बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने तय भएको संसद सचिवालयले जनाएको छ।