• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

३३ वर्षीया कनिका कसरी सामेल भइन् भारतको धनी महिलाहरूको सूचीमा?


शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित

काठमाडौं । भारतको उत्कृष्ट आइटी कम्पनी एचसिएल टेक्नोलोजीकी चेयरपर्सन रोशनी नाडर मल्होत्रा सबैभन्दा धनी महिला बनेकी छन्।

Advertisement

उता, इनभेस्टमेन्ट बैंकिंग कैरियर छाडेर ब्युटी ब्रान्ड सुरू गर्ने फाल्गुनी नायर आफ्नै बलमा सबैभन्दा धनी महिलारूको शीर्ष स्थानमा छन्।

कोटक प्राइभेट बैंकिंग–हुरूनले भारतको सबैभन्दा धनी महिलाहरूको सूची सार्वजनिक गरेको छ। यो सूची ३१ डिसेम्बर २०२१ सम्म महिलाहरूको कूल सम्पत्तिको आधारमा तयार पारिएको हो।

रोशनी नाडरको कूल सम्पत्ति ५४ प्रतिशतबाट वृद्धि भएर ८४ हजार ३३० करोड पुगेको छ। उता फाल्गुनी नायरको कूल सम्पत्ति अब ५७ हजार ६२० करोड भएको छ। रिपोर्टअनुसार नायरको सम्पत्तिमा ९६३ प्रतिशत वृद्धि भएको हो।

सूचीमा भारतमा जन्मेकी सय महिला कारोबारीलाई स्थान दिइएको छ जसले सक्रिय रूपमा परिवारको बिजनेस चलाई रहेकी छन् वा आफ्नै व्यापार खडा गरेकी छन्।

सबै सय महिलाको कूल सम्पत्ति एक वर्षमा ५३ प्रतिशतले वृद्धि भएको छ। सन् २०२० मा यो २.७२ लाख करोड थियो। २०२१ मा यो बढेर ४.१६ लाख करोड भएको हो। भारतको जिडिपीमा यी महिलाहरूले २ प्रतिशत योगदान पुर्‍याएका छन्।

‘जेट सेट गो’ नामको कम्पनी सुरू गरेकी कनिका टेकरीवालले एभिएसन क्षेत्रमा आफूलाई उत्कृष्ट सावित गरेकी छन्। खासगरेर यस क्षेत्रमा पुरुषहरूको बर्चस्व रहेको ठानिन्छ।

३३ वर्षीया कनिकाले एभिएसन क्षेत्रमा सुरू गरेको उद्यमबारे धेरैलाई जानकारी नै छैन। कनिकाको कम्पनीले मानिसलाई प्राइभेट जेट र हेलिकप्टर उपलब्ध गराउँछ। यसबाट कुनै पनि व्यक्ति सहज तरिकाले प्राइभेट एयरक्राफ्ट, हेलिकप्टर र एयर एम्बुलेन्स भाडामा लिन सक्छन्।
‘आफूमाथि भरोसा’ राख्नुलाई जीवनको मूलमन्त्र बताउने कनिकाको सम्पत्ति ५० प्रतिशतले बढोत्तरी भएको छ। अब उनको कूल सम्पत्ति ४२० करोड रूपैयाँ भएको छ।

१७ वर्ष छँदा एभिएसन कम्पनीमा काम गर्दै गर्दा आफ्नो कारोबार सुरू गर्ने प्रेरणा पाएको उनी बताउँछन्। तर २० वर्ष उमेर पुग्दा उनले क्यान्सरसँग लडाइँ लड्नु पर्‍यो। क्यान्सरले उनलाई थप मजबुत बनायो। जीवनमा कुनै पनि चिज सजिलैसँग भेट्नुको अर्थ पूरा प्राप्त नभएको उनको ठहर छ।

‘सेल्फ मेड’ धनी महिला कारोबारीको सूचीमा पहिलो स्थानमा फाल्गुनी नायर छन्। तर, बाल्यकालमा उनको कारोबारी बन्ने कुनै रहर थिएन। विना मिहिनेत राम्रो स्कुल पाउँदा पढाइलाई लिएर बेपरवाह भएकी उनको जीवनमा कुनै लक्ष्य नै थिएन। गत वर्ष फाल्गुनीले ब्युटी स्टार्ट–अपको सेयर बजारमा जबर्जस्त सुरूवात गरिन्।

फाल्गुनीले २०१२ मा ‘नाइका’ को सुरूवात गरेकी थिइन्। त्यो कम्पनीले ब्युटी प्रोडक्ट्सका साथ बजारमा पाइला टेकेको थियो। अब उनीसँग फेसनसँग जुडेका फरक–फरक उत्पादनहरू छन्। हुरूनको सूचीमा सामेल हुँदा उनीसँग सय करोड रूपैयाँ थियो। तर, अहिले उनीसँग कम्तिमा ३ सय करोड रूपैयाँको सम्पत्ति छ।

  • महिला
  • सम्पत्ति
शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन
विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.