• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

क्रसर उद्योग स्थापना गरी नदी दोहन


    Avatar photo
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका २ स्याउली बजारमा दर्ताबिना क्रसर उद्योग स्थापना भएको छ । क्रसर सञ्चालनसम्बन्धी मापदण्ड र प्रक्रिया पूरा नगरी स्थापना भएको उद्योग कुनै पनि निकायमा दर्ता भएको छैन ।

Advertisement

वडाध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए । ‘बेनी–जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ताबिना, मापदण्ड र प्रक्रिया पूरा नगरी क्रसर सञ्चालन गरेको पाइयो,’ उनले भने, ‘हामी अनुगमनमा जाँदा भागाभाग भयो । कसले कसरी सञ्चालन गरेको हो भन्ने विषयमा जानकारी छैन ।’

सो क्रसरको विषयमा अनुगमन र छानबिन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडाध्यक्ष भण्डारीले जानकारी दिए । स्थानीयवासीका अनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि र सरोकारवाला स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत वैशाख महिनामा क्रसर उद्योग स्थापना भएको थियो ।

केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालको अनुमति दिएको छैन् । सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खननमा रोक लगाएको छ ।
विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रशोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भए पनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडाध्यक्ष भण्डारीले बताए ।

कालीगण्डकी नदी किनारका निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयवासीले विरोध जनाउँदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए । प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन् ।

  • स्थापना
मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.