काठमाडौँ । किशोर विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिएसँगै जिल्ला प्रशासनले सदरमुकाम मंगलसेनमा निषेधित क्षेत्र घोषण गरेको छ । जिल्ला प्रशासनले सरकारी कार्यालयहरूसहित बस काउन्टरमा समेत निषेधित क्षेत्र घोषणा गरेको हो ।
Advertisement
निषेधित क्षेत्रमा विरोधका कार्यक्रम नगर्न नगराउन उल्लेख गरिएको छ । निषेधित क्षेत्रमा अवरोध गरे कानूनी कारवाही हुने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
शाहीको न्यायका लागि भन्दै सोमबार ५ दलीय गठबन्धनले गरेको आन्दोलनले उग्र रुप लिएको थियो । घटनामा १३ सुरक्षाकर्मी घाइते भएका थिए ।
जेठ १७ गतेदेखि बेपत्ता पञ्चदेवल बिनायक नगरपालिका ४ कालिकास्थानका १६ वर्षीय किशोर शाही २२ गते मृत भेटिएका थिए । हत्या भएको भन्दै परिवारको जाहेरीका आधारमा पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका चलाउनेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।