• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

प्रदेश १ मा सवारी कर ६७ प्रतिशतसम्म वृद्धि, कुनमा कति ?


आइतबार, असार ०५, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९-८० का लागि प्रदेश १ ले सबै प्रकारको सवारी साधनको कर वृद्धि गरेको छ । प्रदेश सरकारले सवारी साधनमा करको दर ६७ प्रतिशतसम्म वृद्धि गरेको हो ।

Advertisement

कार, जीप, भ्यान, माइक्रोबस, अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्याक्टर, पावर टिलर, ट्रक, बस, मोटरसाइकल, भाडामा दर्ता भएका सवारी साधन, निजी विद्युतीय सवारी साधनमा पनि प्रदेश सरकारले विभिन्न करका दर वृद्धि गरेको छ । तर, प्रदेश सरकारले ठूला सवारी साधन डोजर एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरणमा भने वार्षिक कर २ हजार रुपैयाँ घटाएको छ ।

उक्त उपकरणका लागि चालू आर्थिक वर्षमा ४९ हजार ५०० रुपैयाँ वार्षिक कर लाग्दै आएको थियो । हाल प्रस्ताव गरिएको करको दरमा भने २ हजारले घटाएर ३८ हजार ५ सयमा झारिएको छ ।

यस्तै, मिनी टिपरमा पनि करको दर घटाइएको छ । मिनी टिपरमा यसअघि २९ हजार रुपैयाँ वार्षिक कर लाग्दै आएको थियो भने प्रस्तावित आर्थिक विधेयकमा २७ हजार ५ सय कर प्रस्ताव गरिएको छ ।

प्रदेश सरकारले मिनिट्रक र मिनीबसमा लाग्ने कर पनि घटाएको छ । यसअघि वार्षिक २५ हजार ७ सय रुपैयाँ कर लाग्दै आएको मिनिट्रक र मिनीबसमा लाग्ने कर १ हजार २ सय घटाउँदै २४ हजार ५ सय तय गरिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा विद्युतीय सवारी साधनलाई अन्य सवारी साधनमा लाग्ने करमा २० प्रतिशत छुट दिएको थियो । तर, आगामी आर्थिक वर्षको आर्थिक विधेयकमा भने विद्युतीय सवारी साधनमा पनि उल्लेख्य कर निर्धारण गरिएको छ ।

विधेयकमा उल्लेख भएको करको दरमा इ रिक्सा तथा अन्य तीन पाङ्ग्रो सवारी साधनमा ५ सय देखि १ हजार वाटसम्मका सवारी साधनलाई ३ हजार, १ हजार १ देखि १ हजार ५ सय वाटसम्मका सवारी साधनलाई २ हजार ५ सय, १ हजार ५ सय १ वाटदेखि २ हजार वाटसम्मका सवारी साधनलाई ३ हजार र २ हजार १ वाटभन्दा माथिका सबै सवारी साधनलाई ४ हजार वार्षिक कर निर्धारण गरिएको छ ।

यस्तै, विद्युतीय मोटरसाइकल र स्कुटरमा करको दर निर्धारण गरिएको छ । ३५० देखि १ हजार वाटसम्मकोलाई २ हजार, १ हजार १ देखि १ हजार ५ सय वाटसम्मका सवारी साधनलाई २ हजार ५ सय, १ हजार ५ सय १ वाटदेखि २ हजार वाटसम्मका सवारी साधनलाई ३ हजार र २ हजार १ वाटभन्दा माथिका सबै सवारी साधनलाई ४ हजार कर निर्धारण गरिएको छ ।

विद्युतीय कार, जीप भ्यान, माइक्रो बस र बसका लागि पनि कर निर्धारण गरिएको छ । जसअनुसार ५० देखि १ सय २५ किलोवाटसम्मकोलाई १५ हजार, १२६ देखि २ सय किलोवाटसम्मकोलाई २० हजार र २०१ किलोवाटदेखि माथिका सबैलाई ३० हजार रुपैयाँ कर निर्धारण गरिएको विधेयकमा उल्लेख छ ।

इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरका लागि भने १२५ सीसीसम्मकोलाई ३ हजार, १२६ देखि १ सय ६० सिसीसम्मकोलाई ४ हजार, १ सय १६१ देखि २ सय ५० सीसीसम्मकोलाई ५ हजार ५ सय, २ सय ५१ देखि ४ सय सीसीसम्मकोलाई १० हजार र ४ सय १ सीसी र सो भन्दा माथिकालाई १८ हजार वार्षिक कर निर्धारण गरिएको छ ।

यसअघिको करको दरभन्दा यो पटक बढेको हो । अघिल्लो आर्थिक वर्षमा भने १२५ सीसीसम्मकोलाई २ हजार ८ सय, १२६ देखि २ सय ५० सिसीसम्मकोलाई ४ हजार ५ सय, २ सय ५१ देखि ४ सय सीसीसम्मकोलाई ९ हजार र ४ सय १ सीसी र सोभन्दा माथिकालाई १६ हजार ५ सय वार्षिक कर निर्धारण गरिएको थियो ।

  • आर्थिक
  • प्रतिशत
आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना

भर्खरै

  • १.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • २.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ३.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ४.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ५.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ६.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ७.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.