काठमाडौँ । भैरहवास्थित होटल सि प्रिन्स बाहिर एक युवक मृत फेला परेका छन । सिद्धार्थनगर ३ स्थित उक्त होटलबाहिर भुइँमा खसेको अवस्थामा युवकको शव फेला परेको हो ।
Advertisement
भैरहवा बसपार्कनजिकै शुक्रबार राति ७ जना युवाहरु बसेकामा एक जनाको मृत्यु भएको हो । मृतक २४ वर्षीय अमित यादव रुपन्देही कोटहीमाई ५ का बासिन्दा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।
होटल सञ्चालकका अनुसार चोरी गरेर भाग्ने क्रममा होटलबाट खसेर मृत्यु भएको अनुमान गरिएको छ । प्रहरीको अनुसन्धानअनुसार चोरी गरेर भाग्ने अवस्थामा माथिल्लो तलाबाट भुइँमा खसेको देखिएको छ । घटनाबारे अनुसन्धान जारी छ ।