काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका प्राधिकरणका लागि एक अर्ब ६१ करोड रकम विनियोजन गरिएको छ ।
Advertisement
विपद् उद्धार कार्यलाई थप प्रभावकारी बनाउन पूर्वको सप्तरी र पश्चिम कैलालीमा सशस्त्र प्रहरी बल मातहत विपद् उद्धार तालिम प्रशिक्षित शिक्षालय स्थापना गरिने छ ।
यस्तै, सरकारले कर्णालीदेखि कोशीसम्मका नदीहरू जोड्ने बहुउद्देश्यीय सिँचाइ परियोजनाको अध्ययन गर्ने भएको छ ।
आगामी आर्थिक वर्षका लागि घोषणा भएको बजेटमा कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने सिँचाइ परियोजनाको अध्ययनअघि बढाउने उल्लेख छ ।