मेष- मिहिनेतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ। परोपकारमा मन जाला। अधुरा काम बन्ने र नयाँ काम पाइनेछ। प्रेममा सफलता मिल्ने समय छ। आर्थिक उपार्जनमा सुधार आउनेछ। कृषि र पशुपालनमा सामान्य फाइदाको योग छ।
वृष- बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान पाइनेछ। आर्थिक समुन्नतिको योग छ। अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ। धनलाभ होला। आफन्तसँग पनि भेटघाटको अवसर मिल्नेछ।
मिथुन- खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद हुने सम्भावना छ। कडा प्रयास गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुन सक्छ। परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ।
कर्कट- धार्मिक-सामाजिक कामको दायित्व थपिन सक्छ। आँटे-गरेका काम पूरा हुनेछन्। धन लाभ हुन सक्छ। अरूले आदर गर्नेछन्। मानसम्मान मिले पनि मनमा डर रहने छ। उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति हुनेछ। व्यवसायमा अनुकूल परिवर्तन होला।
सिंह- पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। दिन सुखमय बित्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ। नसोचेको ठाउँबाट आर्थिक लाभ पनि होला।
कन्या- पढाइ-लेखाइमा रुचि बढ्नेछ। सहयोगीबाट सहायता मिल्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। तथापि, पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव हुने योग छ।
तुला- पारिवारिक समस्याले पिरोल्न सक्छ। अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ। रोगको कारणले पैसा खर्च हुने दिन छ।
वृश्चिक- साहसिक र कठिन काममा सक्रियता बढ्नेछ। पुराना साथीसँग भेट हुन सक्छ। पशुधन र जमिनबाट सामान्य लाभ होला। पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।
धनु- विभिन्न भौतिक साधन जुट्नुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। आयआर्जनमा राम्रो दिन छ। सन्तानबाट सुख मिल्ने योग छ। रोकिएका काम शुरु हुनेछन्। दिन रमाइलै बित्ला।
मकर- स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। घरेलु समस्याले भने सताउन सक्छ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन्। मानहानी वा अपजशको सम्भावना छ।
कुम्भ- सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ। राज्य पक्षबाट लाभ प्राप्त हुनेछ। मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव सिर्जना गर्नेछ। लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ।
मीन- टाढाको यात्रामा निस्किनुपर्ने हुन सक्छ। पढाइलेखाइमा प्रगति हुनेछ। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। भूमि, घर र वाहन प्राप्तिको योग छ।