काठमाडौँ । काठमाडौं महानगर २२ को वडाध्यक्षमा नेकपा एमालेका चिनीकाजी महर्जन विजयी भएका छन् । उनले दुई हजार ६० मत ल्याउँदै विजयी भएका हुन् ।
Advertisement
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकारले एक हजार ४७८ मत ल्याए ।
मेयरमा भने यस वडामा नेकपा एमालेका केशव स्थापित अगाडि रहेका छन् । उनले एक हजार ९८ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले एक हजार १ मत पाइन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थान रहे । उनले ६७९ मत मात्रै पाए । तर, समग्र मत परिणाममा बालेन अगाडि रहेका छन् ।