• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

सुक्खा पहिरोले विद्युत गृहमा क्षति : १ बेपत्ता, १ घाइते

देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड

राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

सहकारीबाट ठगिएका ४ हजारले फिर्ता पाए रकम

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ३. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ६. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ७. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

विश्‍व घटना : ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड


    Avatar photo
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

काठमाडौं- आज ११ अगस्ट। विश्‍व इतिहासमा भएका असंख्य घटनाले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९२४- विश्‍वको पहिलो न्युज रिल

सन् १९२४ मा आजकै दिन विश्‍वको पहिलो न्युज रिल खिचिएको थियो। अमेरिकी राष्‍ट्रपति उम्मेदवारहरू काल्भिन कुलिज, जोन डब्लू डेभिस र रोबर्ट ला फोलेटको फुटेज नै विश्‍वको पहिलो न्युज रिल थियो।

– सन् १९९२- अमेरिकामा खुल्यो त्यतिन्जेलको ठूलो सपिङ मल

सन् १९९२ मा आजकै दिन अमेरिकाको मिनेसोटा ब्लुमिङटनमा त्यतिन्जेलको विश्‍वकै ठूलो सपिङ मल व्यापारीहरूका लागि खुला गरिएको थियो। ४८ लाख ७० हजार वर्गफिटमा फैलिएको उक्त सपिङ इन्डोर थिम पार्क पनि छ। र, त्यसमा बर्सेनि ४ करोड पर्यटकले भ्रमण गर्दै आएका छन्।

– सन् १९९९- सहस्राब्दीकै अन्तिम पूर्ण सूर्य ग्रहण

सन् १९९९ मा आजकै दिन सहस्राब्दीकै अन्तिम पूर्ण सूर्य ग्रहण लागेको थियो। उक्त ग्रहण एसिया, युरोप र अफ्रिकाको अधिकांश हिस्सा तथा उत्तर अमेरिकाको केही क्षेत्रबाट देखिएको थियो। संसारको घना आवादी रहेका हिस्साबाट देखिएकाले यसलाई इतिहासमै सर्वाधिक अवलोकन गरिएको सूर्य ग्रहण मानिएको छ।

– सन् २००३- फ्रान्समा हिटवेभबाट गयो १४४ को ज्यान

सन् २००३ मा फ्रान्सको राजधानी पेरिसमा हिटवेभका कारण १४४ जनाको ज्यान गएको थियो। आजकै दिन पेरिसमा ४४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो।

– सन् २०१२- इरान भूकम्पमा गयो १५३ को ज्यान

सन् २०१२ मा आजकै दिन इरानका ताब्रिज र अहरमा भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए। ६.४ रेक्टर स्केलका दुईवटा धक्कामा परी १ हजार ३०० जना घाइते भएका थिए।

– सन् २०१६- विश्‍वकै बुढो हड्डीवाला जनावर

सन् २०१६ मा आजकै दिन वैज्ञानिकहरूको अन्तर्राष्‍ट्रीय टोलीले ग्रिनल्यान्ड सार्कलाई विश्‍वकै बुढो जनावर घोषित गरेका थिए। त्यतिबेला उक्त सार्कको उमेर ३९२ वर्ष थियो।

– सन् २०१७- चिनियाँ ‘क्राइम राइटर’ नै निस्किए हत्यारा

सन् २०१७ मा चीनमा प्रख्यात ‘क्राइम राइटर’ नै हत्यारा भएको पुष्‍टि भएको थियो। अपराधसम्बन्धी आख्यान लेख्दै आएका लिउ योङबिआयोले २२ वर्षअघि ४ जनाको हत्या गरेको खुलासा भएको थियो। आफ्नो उपन्यास ‘ब्युटिफुल राइटर हु किल्ड’ सार्वजनिक भएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनकै उपन्यासमा लिउले आफूले गरेका हत्याका क्लु सार्वजनिक गरेका थिए।

– सन् २०२२- फ्रान्समा ६१ वर्षयताकै ठूलो डढेलो

सन् २०२२ मा फ्रान्समा ६१ वर्षयताकै ठूलो डढेलो लागेको थियो। उक्त डढेलो सन् १९६१ यताकै ठूलो थियो। १ हजार अग्‍नि नियन्त्रकहरूले मुश्किलले उक्त डढेलो निभाएका थिए। डढेलोमा ७ हजार ४०० हेक्टर वन क्षेत्र सखाप भएको थियो।

– सन् २०२४- डढेलोबाट बचाउन एथेन्सबाट निकालिए हजारौं

सन् २०२४ मा शहरसम्मै फैलिएको डढेलोबाट बचाउन ग्रिसको एथेन्सबाट हजारौंलाई सुरक्षित स्थलमा सार्नुपरेको थियो। आसपासको क्षेत्रमा लागेको डढेलोका कारण ग्रिसमा अत्यधिक गर्मी भएको थियो।

– सन् २०२५- ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड

सन् २०२५ मा नेटफ्लिक्स मुभी ‘केपप डेमन हन्टर्स’को फिक्सनल गर्ल ग्रुप हन्टर/एक्स बिलबोर्ड हटमा १०० नम्बरभित्र प्रवेश गरेको थियो। २४ वर्षयता त्यस्तो विश्‍व रेकर्ड राख्‍ने उक्त मुभी पहिलो थियो। त्यो सबै महिला मात्र सहभागी मुभी थियो। सन् २००१ मा ‘डेस्टिनिज चाइल्ड’ले त्यस्तै रेकर्ड राखेको थियो।

मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
सुक्खा पहिरोले विद्युत गृहमा क्षति : १ बेपत्ता, १ घाइते
देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान
इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

भर्खरै

  • १.
    दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक

  • २.
    सुक्खा पहिरोले विद्युत गृहमा क्षति : १ बेपत्ता, १ घाइते

  • ३.
    देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ४.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : ‘अल वुमिन मुभी’को विश्‍व रेकर्ड

  • ६.
    राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ७.
    इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी

  • ८.
    रियादमा आगलागी, १६ बङ्गलादेशीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.