• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

कोलम्बियामा नवनिर्वाचित राष्ट्रपतिको ऊर्जा नीतिमा बदलावको सङ्केत

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • १०. इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी


    Avatar photo
शनिबार, साउन २३, २०८३ मा प्रकाशित

बागलुङ-  ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।

Advertisement

नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिनुभयो । ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबास (होमस्टे)को विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उहाँले बताउनुभयो ।

रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको जनाउँदै तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका छन् ।

ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ । उहाँका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट रु ४७ लाख ६८ हजार ४०५ र आव २०८१/८२ मा रु ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायमलगायत पूर्वाधार विस्तारका कारण ढोरपाटनको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको आगमन बढेको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले बताउनुभयो । उहाँका अनुसार आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि रु १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई रु तीन हजार प्रवेश शुल्क लिँदै आएको छ ।

यस्तै आरक्षले ढुङ्गा गिट्टी बालुवाबाट आर्थिक वर्ष २०८२/८३ मा रु एक करोड एक लाख २७ हजार ९५३ सङ्कलन गरेको छ । गत आर्थिक वर्षको तुलनामा सङ्कलन भएको राजस्व रु ४६ लाख ४१ हजारले बढी हो ।

“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ । यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार रहेको छ । पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफुल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाइ पर्नु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका हुन्”, सुवेदीले भन्नुभयो ।

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । समुद्री सतहबाट दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन् । पर्यटकलाई शुल्क तिरेर पालसहित बस्ने व्यवस्था पनि मिलाइएको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले जानकारी दिनुभयो ।

शनिबार, साउन २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द
झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !
चार क्विन्टल गाँजासहित चार जना पक्राउ
किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी
कोलम्बियामा नवनिर्वाचित राष्ट्रपतिको ऊर्जा नीतिमा बदलावको सङ्केत

भर्खरै

  • १.
    ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

  • २.
    जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

  • ३.
    टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द

  • ४.
    झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ५.
    चार क्विन्टल गाँजासहित चार जना पक्राउ

  • ६.
    किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

  • ७.
    कोलम्बियामा नवनिर्वाचित राष्ट्रपतिको ऊर्जा नीतिमा बदलावको सङ्केत

  • ८.
    लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.