• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

युक्रेनको सैन्य नेतृत्वमा व्यापक फेरबदल


    Avatar photo
बुधबार, साउन ०६, २०८३ मा प्रकाशित

किएभ- रुसविरुद्धको युद्धलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित युक्रेनले आफ्नो सैन्य नेतृत्वमा व्यापक फेरबदल गरेको छ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सार्वजनिक दबाब र युद्ध रणनीतिमा सुधारको आवश्यकतालाई ध्यानमा राख्दै सेना प्रमुखसहित उच्च सैन्य नेतृत्व परिवर्तन गर्नुभएको हो ।

Advertisement

हालै गरिएको सरकारी पुनर्गठनपछि सेना प्रमुख र रक्षामन्त्री दुवैले पद गुमाएका छन् । निवर्तमान सेना प्रमुख र रक्षामन्त्रीबीच देखिएको मतभेदले युद्ध सञ्चालनमा असर पार्ने चिन्ता बढिरहेका बेला यो निर्णय आएको हो । युक्रेनले यस वर्ष युद्धका विभिन्न मोर्चामा उल्लेखनीय प्रगति गरेको दाबी गर्दै आएको छ ।

नयाँ सेना प्रमुखका रूपमा ४३ वर्षीय मेजर जनरल मिखाइलो द्रापाती नियुक्त हुनुभएको छ । उहाँ युक्रेनी सेनाको नयाँ पुस्ताका कमान्डरमध्ये एक मानिनुहुन्छ र सन् २०१४ मा रुसले क्रिमिया कब्जा गरेपछि सुरु भएको द्वन्द्वदेखि आफ्नो नेतृत्व क्षमता र साहसका कारण परिचित हुनुहुन्छ ।

राष्ट्रपति जेलेन्स्कीले द्रापाती र अन्य सैन्य कमान्डरलाई कोर प्रणालीमा सुधार, हतियार तथा ड्रोनको आपूर्ति तीव्र बनाउने, रुसको आक्रमणविरुद्ध हवाई प्रतिरक्षा थप सुदृढ गर्ने तथा स्पष्ट परिचालन रणनीति तयार पार्ने निर्देशन दिनुभएको छ ।

यसैबीच, निवर्तमान रक्षामन्त्रीसँग पनि राष्ट्रपति जेलेन्स्कीले छुट्टै छलफल गर्नुभएको थियो । ३५ वर्षीय प्रविधिमैत्री उद्यमी मिखाइलो फेडोरोभलाई युक्रेनको ड्रोन प्रविधिको तीव्र विकास गराएर युद्धक्षेत्रमा रणनीतिक लाभ दिलाएको श्रेय दिइन्छ ।

फेडोरोभले पूर्व कमान्डर–इन–चिफ जनरल ओलेक्सान्डर सिरस्कीको कार्यशैलीको सार्वजनिक रूपमा आलोचना गर्दै उहाँले आवश्यक सैन्य सुधारमा अवरोध पुर्‍याएको आरोप लगाउनुभएको थियो । सिरस्की सोभियत सङ्घकालमा सैन्य तालिम प्राप्त पुराना पुस्ताका कमान्डर हुनुहुन्छ ।

फेडोरोभलाई पुनः जिम्मेवारीमा फर्काउन र सिरस्कीलाई हटाउन माग गर्दै किएभसहित विभिन्न सहरमा प्रदर्शनसमेत भएका थिए । प्रदर्शनकारीहरूले फेडोरोभलाई सैन्य आधुनिकीकरणका प्रमुख अभियन्ताका रूपमा हेरेका थिए ।

राष्ट्रपति जेलेन्स्कीले फेडोरोभलाई सरकारभित्रै प्रविधि क्षेत्रको समन्वय गर्ने सम्मानजनक नयाँ जिम्मेवारी प्रस्ताव गर्नुभएको छ । उहाँले उक्त प्रस्ताव स्वीकार गर्नुभएको छ वा छैन भन्ने विषयमा भने औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

फेडोरोभले द्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई स्वतन्त्रता र न्यायका लागि युक्रेनको सङ्घर्षमा नयाँ आशाको सुरुआत भएको प्रतिक्रिया दिनुभएको छ । साथै उहाँले सिरस्कीले किएभको रक्षा, खार्किभ प्रतिआक्रमणसहितका महत्त्वपूर्ण सैन्य अभियानमा पु¥याएको योगदानको प्रशंसा गर्दै ती उपलब्धि युक्रेनको इतिहासको महत्त्वपूर्ण हिस्सा रहने उल्लेख गर्नुभएको छ । तर अब युक्रेनले अझ तीव्र गतिमा अघि बढ्दै विगतका कमजोरी सुधार्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

गत साता प्रधानमन्त्रीसहित सरकारका प्रमुख पदमा गरिएको फेरबदलपछि सुरु भएको राजनीतिक असन्तुष्टि सैन्य नेतृत्व परिवर्तनसँगै थप चर्चामा आएको छ । हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएपछि राष्ट्रपति जेलेन्स्कीले अन्ततः सैन्य नेतृत्वमा व्यापक पुनर्संरचना गर्ने निर्णय लिनुभएको हो ।
–––

बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.