मेष- हातबाट अवसर गुम्न सक्छ। मिहिनेत गर्दा अवसर पाइनेछ। सत्कार्यमा जुट्नाले फाइदै होला। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
वृष- आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। नयाँ काममा हात हाल्ने समय आएको छ।
मिथुन- आज साथीभाइहरूबाट फाइदा उठाउन सकिएला। उच्च महत्त्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रूपमा सम्पादन हुनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ।
कर्कट- खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ। विपरीत लिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।
सिंह- विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ। विशेष उपहारका साथ प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ।
कन्या- लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन्। भोगविलासमा मन रमाउनेछ। कृषि व्यवसाय र पशुधनबाट विशेष फाइदा हुने दिन छ। नयाँ काममा हात हाल्ने समय आएको छ।
तुला- विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ।
वृश्चिक- आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ। विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। अनायासै खर्च पनि हुन सक्छ।
धनु- आम्दानीभन्दा बढी खर्च गर्नुपर्ने समय छ। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कम मात्र प्रतिफल पाइएला। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ।
मकर- व्यापारबाट भने फाइदा हुनेछ। विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ। धनलाभ पनि होला।
कुम्भ- यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ। पढाइमा आज खासै राम्रो छैन। काम नबन्ने डरले सताउन सक्छ।
मीन- ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ। जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला। सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ।