मेष- अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। मिहिनेत गर्दा सफलता प्राप्त होला। व्यवसायका लागि यात्राको सम्भावना छ। दाम्पत्य जीवन सुखद रहला।
वृष- अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला। उद्योग-व्यापारमा सामान्य फाइदा मिल्नेछ। धन तत्काल खर्च गर्नुपर्ला।
मिथुन- लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। उत्साहजनक समाचारले हर्ष बढ्नेछ। चिताएको काम पूरा नहुन सक्छ।
कर्कट- आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ।
सिंह- धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन्। व्यवसायमा लाभ होला। गुरुजनको विशेष सहयोग जुट्नेछ। धनलाभ होला।
कन्या- निश्चय भएको काम अचानक बिग्रन सक्छ। साथीभाइबाट धोका होला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्।
तुला- कीर्तिमानी काम सम्पादन हुन सक्छ। विभिन्न अवसर पाइनेछ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्।
वृश्चिक- गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।
धनु- एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। आत्मीयजनसँग भेटघाट होला।
मकर- नयाँ काममा हात हाल्न केही समय पर्खनु होला। गरिआएको कामलाई निरन्तरता दिनु होला। केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ।
कुम्भ- भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ।
मीन- व्यापारमा फाइदै हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्।