• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

लहानका डेन्टल क्लिनिकः चिकित्सको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार


    Avatar photo
बुधबार, फागुन २७, २०८२ मा प्रकाशित

सिरहा- यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ ।

Advertisement

नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यवसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक तथा वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सक बिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको छ । ती क्लिनिकहरूमा केवल करिब साढे दुई वर्ष ‘डेन्टल हाइजेनिष्ट’ अध्ययन गरेका जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको छ ।

काउन्सिलका अनुसार केही सञ्चालकहरूले अन्य चिकित्सकको नाम बोर्डमा राखेरभित्र आफूखुसी उपचार गर्ने, चिकित्सकको कृत्य हस्ताक्षर गर्ने तथा प्रचलित स्वास्थ्य ऐन, नियमावली र मापदण्डविपरीत क्लिनिक सञ्चालन भइरहेकोसमेत पाइएको छ ।

अनुगमन टोली पुग्ने सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएको थियो । अनुगमन टोलीका संयोजक डा अजय कुमार साहले बिना योग्य चिकित्सक क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी उल्लङ्घन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “योग्य चिकित्सक बिना डेन्टल क्लिनिक सञ्चालन गर्नु कानुनविपरीत मात्र होइन, यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम निम्त्याउँछ । प्राप्त उजुरीका आधारमा हामीले स्थलगत अनुगमन गरी यस्ता अवैध क्लिनिकहरूको पहिचान गरेका छौँ र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

अनुगमन टोलीमा डा साहसहित विज्ञका रुपमा डा राजिव शर्मा र डा सुमन कर्ण सहभागी हुनुभएको थियो । काउन्सिलले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

 

बुधबार, फागुन २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.