मेष- व्यावसायिक काममा खर्च बढ्नेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ।
वृष- आज आयआर्जन राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ।
मिथुन- पढाइलेखाइमा समय दिन नसकिएला। वित्तादि लाभ हुने देखिन्छ। कृषि-चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ।
कर्कट- स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ।
सिंह- व्यापार-व्यवसायमा बढी नै फाइदा हुने समय छ। कामका लागि गरिएको भ्रमणमा भने समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्।
कन्या- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। सजिलै काम बन्नाले उत्साह जाग्नेछ।
तुला- सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
वृश्चिक- मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला।
धनु- समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। सहयोगीहरूले भने राम्रो साथ दिनेछन्। नयाँ काम शुरु गर्ने समय छ।
मकर- लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। आकस्मिक धन आर्जन हुने देखिन्छ।
कुम्भ- बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
मीन- अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला।