• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बढ्दो फलाम आयात, वनमै कुहिँदै नेपालका काठ !


    Avatar photo
मङ्गलबार, साउन २८, २०८२ मा प्रकाशित

भैरहवा- स्वदेशी काठ प्रयोग नहुँदा निर्माण सामग्रीका रूपमा फलामको आयात दिनदिनै बढिरहेको छ।

Advertisement

एकातिर नेपालको वन क्षेत्रमा काठजन्य पदार्थ वनमै कुहिँदै र सडिँदै नष्‍ट भइरहेका छन् भने अर्कातिर नेपालमा आवश्यक पर्ने निर्माण सामग्रीका रूपमा फलामको आयात भारत तथा तेस्रो मुलुकहरूबाट तीव्र गतिमा भइरहेको हो। यो दृष्‍य विशेषगरी बेलहिया नाकामा प्रष्‍ट रूपमा देखिन्छ, जहाँ फलामका ट्रकहरू दिनहुँजसो भित्रिन्छन्।

नेपालका धेरै स्थानमा सरकारी लापरवाही, नीतिगत अस्पष्‍टता र प्रक्रियागत जटिलताका कारण काठको उपयोग हुन सकेको छैन। काठ प्रयोगको अनुमतिका लागि लामो प्रक्रिया, वन नियमावलीको कठोरता र नीतिगत असमझदारीका कारण काठ वनमै कुहिने अवस्था छ।

स्वदेशी काठ प्रयोग गर्न नपाएपछि बेलहिया नाकामा भारत तथा तेस्रो मुलुकबाट फलाम, स्टिल तथा यस्तै निर्माण सामग्रीको नियमित र व्यापक आयात भइरहेको देखिन्छ।

भैरहवा भन्सार कार्यालयका अनुसार दैनिक दर्जनौं ट्रक फलाम लिएर नेपाल प्रवेश गर्छन्, जसको प्रमुख प्रयोग निर्माण कार्यमा हुने गर्छ। चालु आवको हालसम्म शुद्ध फलाम २३ हजार २१२ मेट्रिक टन आयात भएको छ। त्यसको मूल्य ९५ करोड ३८लाख ६८ हजार रुपैयाँबराबर छ।

यस्तै, एस बिलेट ८ हजार ४२० मेट्रिक टन आयात भएको छ, जसको मूल्य ५६ करोड ७४ लाख १६ हजार रुपैयाँ रहेको भन्सार अधिकृत नरेश शाहले जानकारी दिए।

आर्थिक वर्ष ०८१-८२ मा शुद्ध फलाम २ लाख ९१ हजार ३०८ मेट्रिक टन आयात भएको छ। त्यसको मूल्य १२ अर्ब ९४ करोड ४० लाख ७१ हजार रुपैयाँ बराबर छ।

यस्तै, एस बिलेट १ लाख २३ हजार ८४ मेट्रिक टन आयात भएको छ, जसको मूल्य ८ अर्ब ६० करोड १४ लाख ३४ हजार रुपैयाँ छ।

नेपालसँग पर्याप्त मात्रामा काठजन्य स्रोतहरू छन्, जसको उचित व्यवस्थापन र उपयोग हुन सकेमा फलामको विकल्पमा स्वदेशी स्रोतबाटै निर्माण कार्य अगाडि बढाउन सकिन्छ। यसले आयात घटाउन मात्र होइन, नेपाली अर्थतन्त्रमा रोजगारी र आम्दानी पनि बढाउने छ।

बेलहिया हाल फलाम आयातको एक प्रमुख नाका बनेको छ। यहाँबाट आयात हुने अधिकांश फलाम भारतका विभिन्‍न राज्यहरूबाट ल्याइएका हुन्छन्। नेपालमा भौतिक पूर्वाधारको निर्माण तीव्र गतिमा बढिरहेका बेला काठको सट्टामा फलाम प्रयोगले लागत वृद्धिको साथै देशको व्यापार घाटामा समेत असर पारेको छ।

यदि स्वदेशी स्रोतको सदुपयोग नगरी आयातमा निर्भरता बढिरह्यो भने दीर्घकालीन रूपमा यसले आर्थिक र पर्यावरणीय असर पार्न सक्छ।  स्थानीय काठको वैज्ञानिक व्यवस्थापन, दिगो कटानी र प्रशोधन केन्द्रहरूको विकास गर्न सकेमा नेपाली काठले बजारमा स्थान पाउने निश्‍चित छ।

बेलहिया नाकाबाट हुने फलामको आयात र नेपाली वन क्षेत्रमा नष्‍ट भइरहेको काठको बीचको यो विरोधाभास अब सम्बोधन हुन आवश्यक छ। सरकारी नीति निर्माताहरूले दीर्घकालीन सोचसहित काठ उपयोगको स्पष्‍ट र कार्यान्वयनयोग्य नीति ल्याउन सकेमा मात्र स्वदेशी स्रोतको उपयोग बढ्न सक्ने र विदेशी निर्भरता घट्ने छ।

मङ्गलबार, साउन २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • २.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ३.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ४.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ५.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ६.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ७.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • ८.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.