• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

झण्डा चोकमा दिसा-पिसाब गर्न सास्ती, हैरानीमा यात्री


बुधबार, पुष २४, २०८१ मा प्रकाशित

सुनसरी- जिल्लाको बराहक्षेत्र-१ झण्डा चोकमा सार्वजनिक शौचालय नहुँदा यात्रुहरूले सास्ती खेपिरहेका छन्।

Advertisement

दैनिक सयौं सवारी साधन आवतजावत हुने उक्त स्थानमा सार्वजनिक शौचालय नहुँदा यात्रु र ड्युटीमा तैनाथ प्रहरीलाई शौच गर्न समस्या भएको छ।

एक महिला प्रहरी भन्छिन्, ‘ड्युटीको समयमा दिसा–पिसाब लागेमा अर्काको निजी घर तथा होटलमा जान बाध्य छौं। होटल र घरमा शौचालय प्रयोग गर्न नदिएमा झाडी र खुला ठाउँमा जानुको विकल्प छैन। यो स्थानमा सार्वजनिक शौचालय बनाउन अति आवश्यक छ।’

मदन भण्डारी सडक खण्डअन्तर्गत चतरा-धरान, कान्छी चोक हुँदै पूर्व-पश्चिम जाने चौबाटो हो, झण्डा चोक। त्यहीं सार्वजनिक शौचालय नहुँदा बाहिरबाट आउने जाने यात्रुले झाडी र खुला ठाउँमा दिसा–पिसाब गर्न बाध्य भएको स्थानीय सन्तोष श्रेष्ठले बताए।

झण्डा चोकदेखि धरान पुग्न करिब १२ र कान्छी चोक करिब १७ किलोमिटर टाढा छन्। पूर्व–पश्चिम हिँडेका सवारी साधनका चालक, सहचालक र यात्रुलाई सार्वजनिक शौचालय नहुँदा निकै कष्ट खेप्नु परिरहेको छ।

यात्रु ओराल्ने–चढाउने र सर्वसाधारणको भीडभाड हुने उक्त ठाउँमा सार्वजनिक शौचालय नहुँदा लाज मान्दै झाडी र खुला क्षेत्रमा दिसा–पिसाब गर्न बाध्य भएको स्थानीय यातायात व्यवसायी राजेन्द्र श्रेष्ठको गुनासो छ।

सार्वजनिक शौचालय निर्माणका लागि पटक-पटक कुरा उठे पनि सरोकारवाला निकायले ध्यान नदिई बेवास्ता गरेको आरोप स्थानीय बासिन्दाको छ।

वडा अध्यक्षदेखि नगर प्रमुख रमेश कार्कीसम्मलाई शौचालयको बिषयमा धैरैपल्ट ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरेको उनीहरू बताउँछन्।

वडा नम्बर–१ का वडाध्यक्ष किसन थापाले भने शौचालय बनाउन आवश्यक सामग्रीहरू रिङ र पेन वडा कार्यालय उपलब्ध भए पनि जग्गाको समस्याले बनाउन नसकिएको बताए। र, त्यसको समाधान घुम्ती शौचालय भएको बताए। नगरमा रहेको घुम्ति शौचालय झण्डा चोकमा ल्याउन नगर प्रमुख कार्कीसँग आफूले पहल गरिरहेको थापाले जानकारी दिए।

भीमप्रसाद आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छँदा १७ चैत ०७० मा तत्कालीन बराहक्षेत्र गाविसलाई खुला दिसा-पिसाबमुक्त क्षेत्र घोषणा गरेका थिए। त्यसो त, सुनसरी जिल्ला नै १९ असार ०७५ मा खुला दिसामुक्त घोषणा भएको हो। तर, त्यो कागजमै सीमित बन्न पुगेको एक उदाहरण हो, झण्डा चोकको दुर्दशा।

बराहक्षेत्र–१ र २ मा बराहक्षेत्र मन्दिरमा एउटा, सप्तकोशी पुलमा एउटा, कुम्भ स्तम्भ अगाडि र पछाडि दुईवटा, चतरा बसपार्कमा एउटा, गौरी टोलमा एउटा तथा हाट खोला एउटा गरी ७ वटा सार्वजनिक शौचालयहरू छन्।

बुधबार, पुष २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.