• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

“तिर्थनगरीको साधारण सभा सम्पन्न महेश बज्राचार्य निर्वाचित”


आइतबार, पुष १४, २०८१ मा प्रकाशित

तीर्थनगरी बचत तथा ऋण सहकारी संस्था लि. बराहक्षेत्र नगर पालिका वडा नं १ को आठौँ वार्षिक साधारण सभा तथा स्थपना दिवस बोलवम धर्मशाला चतरामा आज सम्पन्न भएको छ।

Advertisement

तीर्थनगरीको अध्यक्षमा महेश बज्राचार्य, निक्षेप ६ करोड बढी बराहक्षेत्र-१ स्थित तीर्थनगरी बचत तथा सहकारी संस्थाको आठौं साधारण सभाले संस्थाको नयाँ नेतृत्वका रुपमा अध्यक्ष महेश बज्राचार्यलाई अनुमोदन गरेको छ ।यस्तै रिक्त रहेको सदस्य पदमा शान्ता पोख्रेल लिम्बूलाई सभाले अनुमोदन गरेको निर्वाचन समिति संयोजक कमल भण्डारीले जानकारी दिए । साधारण सभाकै अवसरमा अध्यक्ष र सदस्यमा निर्वाचितलाई सपथ गराइएको छ ।

यस्तै रिक्त रहेको सदस्य पदमा शान्ता पोख्रेल लिम्बूलाई सभाले अनुमोदन गरेको निर्वाचन समिति संयोजक कमल भण्डारीले जानकारी दिए । साधारण सभाकै अवसरमा अध्यक्ष र सदस्यमा निर्वाचितलाई सपथ गराइएको छ ।

सहकारीको निक्षेप ६ करोड बढी सहकारी संस्थाले ८१ लाख २० हजार ९ सय रुपैयाँ सेयर पुँजी बनाउन सफल भएको छ । आर्थिक वर्ष २०८०/८१ सालको प्रगति विवरण प्रस्तुत गर्दै सहकारी संस्थाले कुल ६ करोड ५९ लाख ३६ हजार ८ सय ८९ रुपैयाँ ८५ पैसा निक्षेप सङ्कल गरेको उल्लेख गरेको छ ।

आइतबार सहकारीको आठौं वार्षिक साधारण सभा तथा स्थापना दिवसका अवसरमा भावी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै संस्थाले २ करोड ८५ लाख २३ हजार २ सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।

संस्थाले सेयर पुँजी, निक्षेप र कर्जा प्रवाहमा उल्लेखीय अङ्क वृद्धि गर्दै ३ करोड ३५ लाख ३० हजार ३ सय ६४ रुपैयाँ लगानी गरेको जनाएको छ ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यवाहक अध्यक्ष सुशीला शेर्पाले हाल सहकारी संस्थाका केही घटनाले बदनाम हुने अवस्था आइरहेको उल्लेख गर्दै तीर्थनगरी माथि सदस्यहरूको विश्वास रहेको बताइन्।सहकारी अभियान हाल अप्ठेरो अवस्थामा देखिएकाले उनले तीर्थनगरी सहकारीमा कुनै प्रकारको अपचलन र द्विविधा नरहेको उल्लेख गरिन् ।

संस्थाले असार मसान्तसम्मको आर्थिक कारोबार सार्वजनिक गरेको संस्थाका सदस्य दीपक कार्कीले जानकारी दिए । उनले आव २०८०/८१ को मसान्तसम्मको आर्थिक कारोबार र भावि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे । उनले सदस्यहरूलाई धितोमा १० लाखसम्म कर्जा प्रवाह गरिरहेको बताए ।

यस्तै लेखा सुपरीवेक्षण समितिका तर्फबाट संयोजक मुनु थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आन्तरिक लेखा परीक्षण गर्ने क्रममा आव २०८०/८१ सालको संस्थाका वित्तीय गतिविधि तथा कारोबार प्रस्तुत गरे ।

‘सहकारीले के गर्दैछ हेक्का राखौं’ अधिकांश सहकारी अभियानता र जनप्रतिनिधिहरुले आफू सदस्य रहेको सहकारीले के गर्दै छ हेक्का राख्न आग्रह गरे । सेयर सदस्य र बचतकर्तालाई सहकारीले गर्ने लगानी र गतिविधिमा ध्यान दिन आग्रह गर्दै बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतमले सहकारीबाट ऋण लिएर रमाइलो गर्ने होइन, उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।

चतरा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्रीले सहकारी ‘मर्जर’ को नीतिलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

सहकारीको सम्मान सहकारी संस्थाले विगतमा गरिंदै आएको सम्मान कार्यक्रमलाई निरन्तरता दिदै समाजका सामाजिक व्यक्तित्व लगायत उत्कृष्ट सेयर सदस्यलाई कारोबारको आधारमा विभिन्न विधाबाट सम्मान गरिएको छ।

सम्मानित हुनेहरुमा सामाजिक व्यक्तित्व सम्मानतर्फ स्थानीय कृष्णप्रसाद कट्टेल, जेष्ठ सेयर सदस्य सम्मान (पुरुष) तर्फ प्रेमबहादुर राउत, जेष्ठ सेयर सदस्य सम्मान (महिला) तर्फ भक्तिदेवी शाही, उत्कृष्ट निक्षेप कर्ता (पुरुष) तर्फ सूर्यबहादुर मगर, उत्कृष्ट निक्षेप कर्ता (महिला) तर्फ दीपा मगर, उत्कृष्ट कर्जा कारोबार गर्ने शेयर सदस्य (पुरुष) तर्फ गोपाल विश्वकर्मा, उत्कृष्ट कर्जा कारोबार गर्ने सेयर सदस्य (महिला) तर्फ रामसरा राई रहेका छन् । बचत समूहतर्फ उत्कृष्ट समूह बागेश्वरी महिला बचत समूहलाई सम्मान गरिएको छ ।

कार्यवाहक अध्यक्ष सुशील शेर्पाको सभाध्यक्षतामा भएको औपचारिक कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवारको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अध्यक्ष बराहक्षेत्र- १ का वडाध्यक्ष किसन थापा, बराहक्षेत्र-२ का वडाध्यक्ष होमप्रसाद गौतम, चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बाबुराम खत्री रहेका थिए ।

२०७३ पौषमा १ जना महिला र २७ जना पुरुष सदस्य संस्थापक भएर स्थापना भएको सहकारीमा हाल ४ सय २ जना महिला र २ सय ५६ पुरुषसहित ६ सय ६७ जना सेयर सदस्यहरू रहेका छन्।

आइतबार, पुष १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ
स्विट्जरल्यान्डमा बस दुर्घटना
“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने
विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

भर्खरै

  • १.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • २.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ३.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ४.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ५.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ६.
    विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

  • ७.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • ८.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.