Advertisement
काठमाडौँ । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका ७ साल्खामा बस्ने ४९ वर्षीय भुपेन्द्रलाल वसी र काठमाडौँ महानगरपालिका ११ त्रिपुरेश्वरका ४१ वर्षीय प्रकाश श्रेष्ठ छन् ।
शंखरापुर नगरपालिका ६ स्थित बज्रयोगिनीको जात्रामा उनीहरूले बालिकालाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।
सूचना पाएपछि प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।