• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

जलवायुसम्बन्धी नेपालको धारणा उजागर गर्न राष्ट्रपतिको भ्रमण फलदायी


    Avatar photo
शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा वातावरण परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु संरक्षणका विषय स्पष्टताका साथ प्रस्तुत गरेकाले भ्रमण फलदायी भएको छ ।

Advertisement

अजरबैजानको बाकुमा भएको उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृतबहादुर राईले ‘हिमालदेखि समुद्रसम्मको एकीकृत भावनाले जलवायु संरक्षण गर्नुपर्छ’ भनी नेपालले उठाउँदै आएका विषयमा भ्रमणबाट थप जोडबल पुगेको स्पष्ट पारे ।

‘जलवायु वित्त, हानिनोक्सानी र अल्पविकसित देशले भोगिरहेका पीडा कम गर्न विश्व समुदायमाझ प्रविधि र वित्तीय सहायता बढाउनुपर्छ भन्ने नेपालको धारणा उजागर गर्न भ्रमणबाट थप बल पुगेको छ,’ उनले भने । हिमालदेखि समुद्रसम्मको सम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको सन्देश दिँदै राष्ट्रपति पौडेलले विश्व समुदायलाई त्यस बैठकमा सहभागी हुन निमन्त्रणा दिएको प्रवक्ता राईले जानकारी दिए ।

राष्ट्रपति पौडेलले सबै पर्वतीय मुलुकको भावनाको प्रतिनिधित्व गर्दै ‘हिमालको सुरक्षा भनेको पृथ्वीको सुरक्षा हो’ भन्ने कुरालाई हरेक फोरममा उठाएको विषय प्रभावकारी भएको महसुस गरिएको उनको भनाइ छ ।

अजरबैजानमा रहँदा राष्ट्रपति पौडेलले यही कात्तिक २७ गते ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’को उद्घाटन समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेताको हैसियतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले कार्बन उत्सर्जनमा नेपालको नगण्य योगदान भए पनि जलवायु परिवर्तनका कारण सेता हिमाल काला पहाडमा परिणत भएको र नेपाल जलवायुजन्य विपत्को चपेटामा परेको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले नेपालले वनको क्षेत्रफल र स्वच्छ ऊर्जाको उत्पादन तथा आपूर्ति बढाएको एवं अन्य थुप्रै कार्यद्वारा विश्व समुदायको हित र पृथ्वीको रक्षामा योगदान पु¥याएको उल्लेख गरे । नेपालजस्ता जोखिममा रहेका देशको जलवायु परिवर्तनका लागि मुख्य जिम्मेवार विकसित देशले पर्याप्त जलवायु वित्त, प्रविधि र क्षमता विकाससम्बन्धी सहयोग उपलब्ध गराउनुपर्ने विषयमा पनि राष्ट्रपति पौडेलले जोड दिए ।

सोही दिन राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुबीच भेटवार्ता भयो । उक्त भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा आपसी हितका आधारमा जलवायु परिवर्तनलगायत मुद्दाहरूमा सहकार्य गर्नेबारेमा विचारविमर्श भएको प्रवक्ता राईले जानकारी दिए ।

राष्ट्रपति पौडेलले कात्तिक २८ गते वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘माउन्टेन एण्ड प्रिलः लस एण्ड ड्यामेज इन द हिमालय’ शीर्षकको एक उच्चस्तरीय कार्यक्रममा सहभागी भई निष्कर्ष वक्तव्य दिएका थिए । वक्तव्यमा विस्फोट र बाढीजस्ता वातावरणीय विपत्ले जनधनको ठूलो विनाश गरिरहेको उल्लेख गर्दै जलवायु वित्त परिचालन गर्दा नेपालजस्ता देशहरुले प्राथमिकता पाउनुपर्ने बताए ।

राष्ट्रपति पौडेलले सोही दिन कीर्गिजस्तानले आयोजना गरेको उच्चस्तरीय बैठकमा पहाडी मुलुक जलवायु परिवर्तनबाट बढी प्रताडित बनेको तथा पहाडबाट व्यापक बसाइँसराइ भइरहेको सन्दर्भमा गरिबी निवारण र वातावरणीय विषयलाई सँगै समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए । उनले जलवायु न्याय र दिगो विकासका लागि हिमाल, मानव र जलवायु अन्तरसम्बन्धलाई विश्वव्यापी छलफलमा मूलप्रवाहीकरण गर्नुपर्ने सुझाव दिए ।

 

शुक्रबार, कार्तिक ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.