• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

नाङ्लो बेचेर गुजारा गर्दै लहानका सदाय समुदाय


    Avatar photo
शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

लहान- गरिबी र विपन्नताको जाँतोमा पिल्सिएका यहाँका सदाय समुदायमा यतिबेला उल्लास छाएको छ । छठपर्व नजिकिएसँगै बाँसको नाङ्लो बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ । बिहान झिसमिसेदेखि साँझ झमक्क हुँदासम्मको दिनचर्या बाँसका सामग्री बनाउँदै बित्छ लहान–१७ वलानसेरका सदाय समुदायको ।

Advertisement

‘कात्तिक लाग्नेबित्तिकै बिहानदेखि बेलुकासम्म नाङ्ला बनाउँदै दिन बित्छ । यतिबेला बजारमा नाङ्लाको माग बढी भएकाले आम्दानी पनि हुन्छ,’ नाङ्लो बुन्दै गरेका छोटकुन सदायले भने, ‘यो उल्लासको समय होे । जीवनका हरेक दुःख बिर्सेर मिठोमसिनो खाने र राम्रो लगाउने पर्व हो । त्यसका लागि पैसाको जोहो गर्नुपर्यो ।’

बाँसका सामग्री बेचेर परिवारको जोहो टरेको उनले बताए । छोटकुनका अनुसार पाँच दिनमा झण्डै १८ वटा नाङ्लो तयार हुन्छ । उमेरले ४५ वर्ष टेकेका उनी यही पेसामा रमाइरहेका छन् । उनले भने, ‘बाउबाजेले यही काम गर्दै आएकाले आफूलाई पनि यही काम सजिलो लाग्छ । विदेशमा पसिना बगाउनुभन्दा परिवारसँगै बसेर काम गर्दाको मज्जा अर्कै हुन्छ । परिवारका सबै सदस्यले मिलेर काम गर्दा काम गरेको पनि महसुुस नभई नाङ्लो तयार हुन्छ ।’

सोही ठाउँका सियादेवी सदायको पनि दिनचर्या उस्तै छ । ‘बाहिर अन्य काम नपाउँदा नाङ्ला बेचेर घरको जोहो टार्नुभएको छ । वर्षभरि अन्य महिनामा नाङ्लोको व्यापार कम भए पनि छठमा नाङ्लाको व्यापार गरेर केही महिनालाई गुजारा गर्न पुग्छ । यतिबेला बनाउँदै बेच्दै फुर्सद छैन,’ सियादेवीले भने ।

एउटा बाँसबाट सात वटासम्म नाङ्लो तयार गर्न सकिने सियादेवीले बताउनुभयो । नाङ्लो बनाउने बाँस सप्तरीको सिसवारबाट प्रतिघना रु दुई सय ५० का दरले ल्याउनुपर्ने र नाङ्लो बाँध्न बेत पनि बाहिरबाट नै ल्याउनुपरेकाले नाङ्लाको मूल्य बढी पर्न गएको पनि उनले जानकारी दिए ।

आफ्नो सीप र कलाको प्रयोग गरेर आकर्षक सामग्री बनाउने यहाँका सदय परिवारको यस परम्परागत पेसाको प्रवर्द्धनका लागि अहिलेसम्म कसैले पनि कुनै प्रकारको सहयोग नगरेको गुनासो छ । लहानको गुदीगाँउ, भदैया, खेस्राहालगायत ठाउँमा नाङ्लो बनाएर बेच्ने व्यवसाय उल्लेख्य मात्रामा छ । अन्य समयमा एउटा नाङ्लो रु दुई सय २० मा बिक्री हुने नाङ्लो चाडपर्वमा रु चार सयसम्म घरैमा आएर व्यापारीले लैजाने गरेका छोटकनले बताए ।

छठपर्वमा पूजाका सामग्री राख्न बाँसको सामग्रीमा राखेर पूजा गर्दा शुद्ध हुने मान्यता भएको हुँदा छठपर्वमा यसको माग बढी भएको स्थानीय बताउँछन् । अन्य समयमा बजारमा लगेर सस्तो दाममा बेच्नुपर्ने तर छठपवका बेला व्यापारी टोलमा नै आएर किनेर लग्ने गरेका छन् ।

शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.